प्रहरी प्रधान कार्यालयले सीआईबीमा अनुसन्धानरत फाइल किन माग्यो ?
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १२:३८:१८
१७ साउन, काठमाडौं । सीआईबीबाट अनुसन्धानरत केही फाइलहरू प्रहरी प्रधान कार्यालयले मागेको पाइएको छ । बाल मन्दिर जग्गा प्रकरण र सेञ्चुरी बैंकको अनुसन्धानरत फाइल प्रहरी प्रधान कार्यालयले मागेको खुलेको हो । दुई साता अघि प्रहरी प्रधान कार्यालय प्रशासन विभागले सो फाइल मागेपछि सीआईबीले त्यसलाई सक्कलप्रति नै बुझाइदिएको र बोधार्थ सरकारी वकिल कार्यालयलाई दिएपछि त्यो फाइल जस्ताको जस्तै फिर्ता भएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जनाएको छ ।
मुद्दा दायर गर्ने बेलामा सीआईबीले आईजीपीलाई मात्र रिपोर्टिङ गर्ने भएपनि प्रशासन विभागको नाममा फाइल मागेपछि शंका उत्पन्न भएको सीआईबीका एक अधिकारीले बताए । ‘अनुसन्धानरत फाइल प्रहरी प्रधान कार्यालयले किन मागेको हो, यसअघि यस्तो अभ्यास थिएन, आईजीपीले बुझ्न चाहेमा सीआईबी प्रमुखलाई बोलाएर बुझ्ने गरिन्थ्यो, अहिले आफ्नो प्रत्यक्ष नियन्त्रण मातहतको फाइल नै मगाइयो’, स्रोतले भन्यो ।
प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी श्याम ज्ञवालीमाथि छानबिनसँगै प्रहरी प्रधान कार्यालयले फाइल मगाएको विषय भने गुमराहमा परेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरको सचिवालयमा परेका उजुरीका आधारमा छानबिन समिति बनाएपछि बिहिबार सदनमा समेत कुरा उठेको थियो । संसदको मिनी सदन मानिने विशेष समितिमा यो विषयमा कुरा उठेको थियो । दिलेन्द्र प्रसाद बडु र रवि लामिछानेले फाइल मगाएको विषयमा प्रश्न उठाएका थिए ।
अहिले प्राप्त उजुरीका आधारमा उनलाई छानबिन गर्नुको उद्देश्य अवकाश अघि नै सीआईबीबाट सरुवा गर्ने तयारी रहेको छ । आगामी भदौ २६ गते उनी अनिवार्य अवकाशमा जादैछन् । एआईजी टेकप्रसाद राईको संयोजकत्वमा छानविन समिति बनेको छ । खासगरी उनको सरुवाको विषयलाई लिएर सांसदहरूले समेत चासो राखेपछि के कुरामा विवाद भएको हो भन्ने विषय भने बाहिर आएको छैन् । प्रहरी प्रधान कार्यालयले एआईजी ज्ञवालीलाई भने यसबारे जानकारी दिएको छ । पहिलो विषय भनेको हालको प्रभु बैंक तत्कालीन सेञ्जुरी प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठ समेतको मुद्दा प्रकरण र बाल मन्दिर जग्गा प्रकरणको मुद्दा नै हो ।
छानबिनका नाममा यी दुई विषयमा अनुसन्धानरत मुद्दाका फाइल प्रहरी प्रधान कार्यालयले सीआईबीबाट झिकाएपछि उनको छानबिन प्रकरण बाहिर आएको थियो । सीआईबीमा अनुसन्धान भैरहेका सक्कल फाइल प्रहरी महानिरीक्षक बाहेक अन्यलाई जानकारी गराउन नमिल्ने पुरानो परम्परा भएपनि प्रशासन विभागका डीएसपी रुपकुमार खड्काले पत्राचार गरेको स्रोतको दावी छ । जब कि ती दुई मुद्दा अहिले पनि सीआईबीमा अनुसन्धानरत छन् ।
बाल मन्दिरसँग सम्बन्धित मुद्दा एसपी र सेञ्चुरी बैंकसँग सम्बन्धित मुद्दा डीएसपीको काण्डमा अनुसन्धान भएर अभियोजनका लागि सरकारी वकिल कार्यालयमा पठाउने अन्तिम तयारी भएको छ । यिनै दुई मुद्दामा प्रहरी प्रधान कार्यालयले अनावश्यक चासो राखेको छ । प्रमाणित प्रतिलिपि मागेर चासो राखेकोमा सीआईबीले सक्कलप्रति नै पठाइदिएको थियो । अनुसन्धानरत फाइलको साथमा पठाइएको पत्रका कारण प्रशासन विभागले त्यो फाइल बुझ्दै नबुझी फिर्ता पठाएपछि उनीमाथिको कारवाही प्रकृया अघि बढ्नुका साथै मिडियाबाजी समेत भएको स्रोतको दावी छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा रहेका ज्ञवालीमाथि आईजीपीको सचिवालयमा एक दर्जनबढी बेनामे उजुरी परेको, त्यो उजुरीलाई फर्छयाैट गर्नका लागि पनि छानबिन समिति बनाएको प्रहरी प्रधान कार्यालयको दावी छ । छानविन समिति बनाएर उनलाई सामान्य कारवाही गरेको देखाउने र प्रदेश समन्वय विभागमा थन्क्याउने रणनीति भएको बताइएकाे छ । सुन तस्करी सम्बन्धी छानबिन आयोगले दिएको प्रतिवेदनको आधारमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले तत्कालीन सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यलाई हटाएर ज्ञवालीलाई पठाएका थिए ।
ज्ञवालीलाई सीआईबीमा पठाउने बेलामा पनि आईजीपी कुँवरले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञवालीलाई सँगै लिएर गई प्रस्ताव गरेपछि हालका प्रधानमन्त्री केपी ओलीको समेत सहमतिमा त्यहाँ पठाइएको स्रोतले जनाएको छ । ‘उनलाई घर जाने बेलामा अपमानित महसुस नहोस् भन्नेमा प्रधानमन्त्री रहेकै कारण केही दिन अघि नै सरुवाका लागि लगिएको प्रस्तावमा प्रधानमन्त्रीले अस्वीकार गर्दा रोकिएको थियो’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीले संसद अधिवेशन नबोलाएर अध्यादेशमार्फत दल फुटाउने नीति लिएः माओवादी
पुष १९, २०८१ शुक्रबार
पर्यटकीयस्थल मुना मालिकाको प्रवर्द्धनका लागि पहल
पुष १९, २०८१ शुक्रबार
भन्सारबाहिर वस्तु जाँचमा लाग्ने महशुलको थप ५० प्रतिशत धरौटीको व्यवस्था संशोधन गर्न माग
पुष १९, २०८१ शुक्रबार
निरन्तर घट्दै टेलिकम सेवाप्रदायकको राजस्वमा योगदान
पुष १९, २०८१ शुक्रबार
सामूहिक खेतीतर्फ आकर्षित सिसवोनीका दलित महिला
पुष १९, २०८१ शुक्रबार
काग्रेसले विभागहरुसँग माग्यो कार्ययोजना, फागुन मसान्तभित्र बुझाइसक्नुपर्ने
पुष १९, २०८१ शुक्रबार