गरुडाका मेयरलाई बाँदरले क्षति गरेको उखु उपहार
नेपालबहस संवाददाता
साउन १७, २०८१ बिहिबार १५:१९:३
♦ सञ्जय मिश्रा
१७ साउन, रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरू आन्दोलित भएका छन् ।
बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्यासी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरूले प्रदर्शन पछि मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उखु उपहार दिएको छ।
बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरू गत असार १५ गते देखी आन्दोलनमा उत्रेका छन् ।
बाँदर नियन्त्रणका लागि यस अघि किसानहरूले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।
प्रत्यासी यादवको नेतृत्वमा दर्जनौँको संख्यामा गएका किसानहरुले बिहिवार मेयर कन्थमणि जैसवाल लाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षतिगरेको उखु उपहार स्वरूप राखेका थिए ।
गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन्।
झण्डै चार सयको संख्यामा रहेको बाँदरको समूहले पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरूले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन।
वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरू निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन्।
२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुर्याउने गरेका छन् ।
बाँदरले खेतबारीमा फल्दै गरेको मकै , उखु लगाएका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।
२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतिपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।
राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरूलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन्। सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरू बताउँछन् । बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
संसदीय सुनुवाइबाट न्यायपरिषदमा खड्का अनुमोदित
माघ २०, २०८१ आइतबार
एआईको प्रयोग गरी हुने बाल दुर्व्यवहारलाई अपराध घोषणा गर्ने बेलायत पहिलो राष्ट्र
माघ २०, २०८१ आइतबार
उमागौरी सहकारी ठगी प्रकरणः जिल्ला अदालत मोरङले अध्यक्ष रौनियारलाई थुनामा पठायो
माघ २०, २०८१ आइतबार
सञ्चारमन्त्री गुरुङद्वारा मर्स्याङ्दी गाउँपालिकाको भवन उद्घाटन
माघ २०, २०८१ आइतबार
बाँकेमा ३२ प्रजातिका हिउँदे आगन्तुक जलचर चरा भेटिए
माघ २०, २०८१ आइतबार