पश्चिम नवलपरासीमा व्यवसायिक ड्रागनखेती
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार १५:५२:३५
२५ साउन, नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ड्रागनखेतीमा किसानको आकर्षण बढ्न थालेको छ । केही वर्ष अघिसम्म परीक्षणका रुपमा सुरु गरेका किसानले अहिले व्यावसायिक ड्रागनखेती गर्न थालेका छन् ।
वैदेशिक रोजगारका सिलसिलामा मलेसिया रहेका प्रतापपुर गाउँपालिका–७ का ३७ वर्षीय सुर्जकुमार मौर्यले स्वदेश फर्किएपछि व्यावसायिक रुपमा ड्रागन खेती सुरु गरेको छ । भारतको हरियाना कृषि ज्ञान केन्द्रमा ड्रागन खेतीसम्बन्धी तालिम लिएको भन्दै तीन वर्षदेखि आर्गानिक ड्रागनखेती गर्न थालेको उनले जानकारी दिए ।
रु सात लाखको लागतमा छ कठ्ठा जग्गामा तीन सय पिल्लरमा एक हजार दुई सय ड्रागनका बोट लगाएको बताउँदै सुरुका वर्षमा खेतीसम्बन्धी आफूलाई ज्ञान नभएकाले नोक्सानी भएको मौर्यले जानकारी दिए । यस वर्ष बजारीकरणमा कुनै समस्या आएन भने रु सात लाख बराबरको ड्रागन बिक्री गर्ने लक्ष्य रहेको उनले बताए ।
जिल्लामा सातजना किसानले व्यावसायिक रुपमा ड्रागन खेती गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख डा. रविन्द्रनाथ चौबेले ड्रागन नयाँ फल भएकाले तालिम तथा प्राविधिक ज्ञान प्राप्त गरेपछि यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न थालेका बताए । बिक्रीका लागि स्थानीय बजारका साथै पोखरा, काठमाडौँलगायत स्थानमा पठाउन केन्द्रले सहजीकरण गर्ने उहाँले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखाद्य कम्पनी ४२ हजार क्विन्टल धान खरिद गर्दै
मंसिर १९, २०८१ बुधबार
धान काट्न मजदुरको सट्टा रिपर मेसिन !
मंसिर १९, २०८१ बुधबार
आधुनिक प्रविधिले दाइँ गर्ने परम्परा लोप हुँदै
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार