राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे माओवादी बैठकमा छलफल
नेपालबहस संवाददाता
साउन २५, २०८१ शुक्रबार २२:३४:८
२५ साउन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आजदेखि सुरु स्थायी समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नेपाल र मित्रराष्ट्र बङ्गलादेशमा भएका राजनीतिक घटनाक्रमको ‘ब्रिफिङ’ गरेको माओवादीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
बैठकको प्रारम्भमा अध्यक्ष दाहालले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विषयमा दलहरुबीच भएको सहमतिबारे जानकारी गराएका थिए । उनले हालै बङ्गलादेशमा भएको राजनीतिक घटनाक्रमको विश्वभर र नेपालमा पर्ने प्रभाव र असरका बारेमा चर्चा गरेको प्रवक्ता सापकाटोले जानकारी दिए । “लोकतान्त्रिक अभ्यासप्रति सबै सजग र सचेत हुनुपर्ने चर्चा गर्दै बङ्गलादेशको घटनाबाट सबैले शिक्षा लिनुपर्ने, जनताको समस्यालाई गम्भीररुपमा लिएर समाधानतर्फ लाग्नुपर्छ भन्नेमा जोड दिए”, अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भने ।
बैठकमा अध्यक्ष दाहालले आफ्नो नेतृत्वको अघिल्लो सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा अघि बढाएका काममा अवरोध भइरहेको आशङ्का व्यक्त गर्दै सुशासनको अभियानलाई अझ दृढताका साथ अघि बढाउन वर्तमान सरकारलाई सचेत गराउनुपर्नेमा जोड दिएका थिए ।
स्थायी समिति बैठकमा भोलिदेखि सदस्यहरुले वैचारिक, राजनीतिक र साङ्गठिनक परिस्थति तथा कार्यभारका सम्बन्धमा धारणा राख्नेछन् । बैठकले प्राकृतिक विपद्, सडक तथा विमान दुर्घटनामा निधन भएकाप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको प्रवक्ता सापकोटाले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार