प्रहरी अपडेट : अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान सम्वन्धि अन्तरक्रिया, खुम्बुमा लेक लागेर पोल्यान्डका नागरिककाे निधन
इन्द्र रिजाल
बैशाख १६, २०७६ सोमबार २३:४३:४
शैक्षिक प्रशिक्षण तालिका निर्माण तथा अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान सम्वन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । शैक्षिक प्रशिक्षण तालिका निर्माण तथा शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्ध अभियान (Anti-Ragging/Bullying Campaign) सम्बन्धि अन्तरक्रिया कार्यक्रम सोमबार नयाँ वानेश्वरमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले समुदाय र प्रहरीबीच गरिदै आएका साझेदारीका कार्यक्रमले समाजमा पुर्याएका सकारात्मक पक्षको बारेमा प्रकाश पार्दै अन्तरक्रियाले शैक्षिक प्रशिक्षण तालिका निर्माण तथा अभद्र व्यवहार र हैरानी विरुद्धको अभियानलाई कार्यान्वयन गर्न सहयोग पुग्ने बताए ।
समृद्ध समाज र व्यवस्थित समाजको निर्माणको परिकल्पना पुरा गर्न हरेक नागरिकले आफ्नो दायित्वलाई सकारात्मक रुपमा लिएर अगाडि बढेमा समुन्नत र सुरक्षित समाज निर्माण गर्न टेवा पुग्ने प्रहरी बरिष्ठ उपरीक्षक लामाले बताए ।
विद्यालयहरुको प्रतिनिधिको रुपमा सनराइज बोर्डिङ स्कूलका प्रिन्सिपल तेज प्रकाश श्रेष्ठले प्रहरीले ल्याएको कार्ययोजनालाई सक्दो सहयोग गर्न विद्यालयहरु प्रतिबद्ध रहेको उल्लेख गरे । विद्यार्थीहरुका लागि स्वच्छ र शान्तिपूर्ण समाज निर्माण गर्न सके नैतिक र संस्कारयुक्त विद्यार्थी उत्पादन गर्न सहज हुने उनले बताए ।
सामुदायिक सेवा केन्द्र कोटेश्वरकी अध्यक्ष मन्सुरी मल्ल ठकुरीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त, नयाँवानेश्वरका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द राज काफ्लेले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमका बारेमा प्रस्तुतीकरण गरेका थिए ।
शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान कार्यान्वयनको लागि नेपाल प्रहरीले आधारभूत सुरक्षा, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्धका अपराध र हिंसा नियन्त्रण, बालबिबाह, दाइजो, छाउपडी, बोक्सी प्रथा र सामाजिक विकृति नियन्त्रण, मानव बेचबिखन नियन्त्रण, आधारभूत कानुन, आकस्मिक प्रहरी सेवा (१००, १०३, १०४), सडक सुरक्षा, लागूऔषध निषेध र मदिरा नियन्त्रण, विपद व्यवस्थापन, साइबर सुरक्षा, अपराध रोकथाम र जिम्मेवारी, प्रहरीसँग एक दिन लगायतका विषयहरुमा प्रशिक्षण दिनेछ ।
महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरद्वारा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापक तथा प्रधानाध्यापकहरु, समुदाय-प्रहरी साझेदारीका विभिन्न समितिहरुमा आवद्ध संस्थाहरुका प्रतिनिधिहरु तथा नागरिक समाजका सदस्यहरु, प्रहरी अधिकृतहरु, अभिभावकहरु तथा विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो ।
विद्यालय, क्याम्पस लगायतका शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानी (School Bullying & Ragging) का घटनाहरु रोकथामका लागि नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी” अवधारणा अन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गरी शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान वैशाख १३ गतेदेखि शुरु गरेको हो ।
समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक प्रहरी सेवा केन्द्र गौरको संयुक्त आयोजनामा समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहटमा सोमबार बिहान सम्पन्न भएको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले प्रहरीको काम-कर्तव्य, जिम्मेवारी, प्रहरीले हेर्न मुद्दाको किसिम र नागरिकलाई प्रदान गरिएको सेवा र हासिल भएको उपलब्धी सम्बन्धमा जानकारी गराउनु भएको थियो । साथै उहाँले विद्यार्थीको जिज्ञासा समेत सम्बोधन गरेका थिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, प्रहरी कर्मचारीहरू, अभिभावक एवं र विद्यार्थीको उपस्थिति रहेको थियो ।
लामो समयदेखि फरार प्रतिवादीहरु पक्राउ
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीहरु ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ५९ वर्षीय बमबहादुर बिक, सोही ठाउँ बस्ने ३४ वर्षीय हेम डल्ला बिक र ४० वर्षीय सार्की बिक रहेका छन् । उनीहरुमध्ये बमबहादुर आइतबार धादिङ तिप्लिङ कामीगाउँबाट, हेम आइतबार रसुवाको आमा छोदुङ गाउँपालिका-५ प्राजुङबाट र सार्की गत बुधबार काठमाडौं गौशालाबाट पक्राउ परेका हुन् ।
जिल्ला अदालत धादिङको २०७४ मंसिर १९ गतेको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका बमबहादुरलाई २० वर्ष, हेम डल्लालाई २० वर्ष र सार्कीलाई २ वर्ष कैद सजाय तोकिएको थियो ।
बिक समेतका ८ जनाले २०६३ कार्तिकमा धादिङ तिप्लिङ कामीगाउँ बस्ने २७ वर्षीय देव बहादुर बिकलाई देउसी खेल्न जाउँ भन्दा बिरामी भएकोले नमानेको कारण कुटपिट गरी घाइते बनाएकोमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । मृत्यु भए पश्चात् प्रतिवादीहरुले शवलाई सोही ठाउँस्थित चिमडाँडामा लगेर जलाई नष्ट गरेका थिए ।
धादिङ जिल्ला अदालतकै फैसलाले घटनामा संलग्न धादिङ रुबिभ्याली गाउँपालिका-२ बस्ने ४५ वर्षीय पुर्ण बहादुर बिक २०६४ भदौ ११ गते र सोही ठाउँ बस्ने ३१ वर्षीय मंगले कामी भन्ने डिल बहादुर बिक २०७३ जेठ ३ गते पक्राउ परी कारागार चलान भइसकेका छन् ।
लेक लागेर मृत्यु
सोलुखुम्बुकाे खुम्बु पासाङल्हामु गाउँपालिका-४ लोबुचेस्थित होटल मदरअर्थमा २०७५ वैशाख ९ गते नेपाल भ्रमणमा आएका पोल्यान्डका नागरिक राहदानी नम्बर इएच ६४४६२८३ भएका ४६ वर्षीय SMIDODA MACIEJ FRANCISZEK को लेक लागेर सोमबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
जनकपुर उपमहानगरपालिका-८ स्थित सडकमा ज. १ त १८१५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक धनुषा कमला नगरपालिका-९ बस्ने २१ वर्षीय विपिन मण्डलको घटनास्थालमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले उद्दार तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट :
उता बाके नेपालगंज उपमहानगरपालिका-२१ पुरैनास्थित शारदा देवी वैश्यको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
नागरिक सेवामा उच्च व्यवसायिकता प्रदर्शन गर्न महानिरीक्षक कुँवरको निर्देशन
मंसिर १७, २०८१ सोमबार
आठ डीआईजीले पाए दर्ज्यानी चिन्ह
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार