वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी निकट ट्रेड युनियनमा घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन
नेपालबहस संवाददाता
साउन २७, २०८१ आइतबार ११:२५:४२
२७ साउन, काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघमा कुमार घतानेको नेतृत्वमा समानान्तर कमिटी गठन गरिएको छ। महासंघको संयोजक कुमार घतानेले नेपालका श्रमजिवी मजदूरहरुको हकअधिकारका निम्ति संघर्ष गर्न समानान्तर कमिटी गठन गर्नु पर्ने अवस्था सृजना भएको बताएका छन्।
उनले भने पार्टी भित्र गरिने षडयन्त्रहरूलाई समाप्त गर्दै मजदुरहरूको संघर्षलाई नयाँ जनवादी क्रान्तिको ऐतिहासिक प्रक्रियाबाट पूरा गरेर अगाडि बढ्ने बेला भएकोले आफुहरूले सुरूवात गरेको बताए।
मजदुरहरूले हामीलाई दिएको म्यान्डेट अनुसार काम गर्न नसक्नेलाई पटक-पटक नेतृत्व दिएपछि त्यस विरूद्धको लडाई लड्न समानान्तर कमिटी गठन गर्न बाध्य भएको बताए। उनले भने,यो लडाई हाम्रो निमित्त मात्र होइन यो हामी सबै शोषित तथा उत्पीडित मजदुरहरूको आवाज बोल्ने संघर्ष मय लडाई हो।
उनले भने,मजदूरहरु उत्पीडन र पीडामा परिरहेका छन्। नेतृत्व गर्ने मान्छे मजदुरहरूका आवाज बोल्न पर्नेमा बोल्न नसक्ने भएपछि त्यस्तो नेतृत्वलाई मुर्ति जस्तो पुजा गरेर मान्न नसकिने अवस्था सृजना भएपछि नयाँ विकल्प रोजन बाध्य भएको बताए।
उनले भने अब हामी मजदुरलाई उत्पीडनबाट अन्त्य गर्न चाहन्छौं र त्यसको निम्ति संघर्ष गरेर मजदुरहरूका समस्या समाधान गर्दै अगाडि बढ्ने योजनाका साथ समानान्तर कमिटी गठन गरिएको बताए। पार्टी भित्र धेरै पटक छलफल गर्दा पनि समस्याको समाधान नभएपछि बाध्य भएर यस्तो कदम चाल्नु परेको संयोजक घतानेले बताए।
त्यस्तै मजदुर महासंघको विवाद र एकता भेला सम्बन्धी पार्टी केन्द्रीय कार्यालयमा बुझाएको पत्रमाथि छलफलको सट्टा षड्यन्त्रपूर्वक कुपोन्डोलमा गरिएको एकपक्षीय गुटको भेलाप्रति असहमति रहेको बाएका छन्।
आफुहरूले नेपालको मजदुर आन्दोलनका युगिन कार्यभार सम्पन्न गर्ने महान संकल्प सहित यसै भेला समानान्तर कमिटी गठन गरिएको र बैठकबाट ४७ सदस्यीय केन्द्रीय समिति घोषणा गरिएको संयोजक घतानेले बताए। त्यस्तै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजै इश्वर तिमिल्सेनाको नेतृत्वमा अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको पुन गठन समेत गरेको थियो।
१. संयोजक (क कुमार घताने २. सह-संयोजक क विष्णु चौधरी, ३. क. रामकुमार दोङ, ४. पूर्ण लामा, ५.क. होमप्रसाद घिमिरे, ६. युवराज थापा, ७. अर्जुन बोगटी, ८. वेदराज दियालि, ९. राजु दाहाल, १०. मिलन श्रेष्ठ, ११. भुवन थापा, १२. फैजदार दास, १३. सुन्दर श्रेष्ठ, १४. हार्दिक परियार, १५. विष्णु कार्की, १६. रोशन कार्की, १७. अशोक बोगटी, १८. जयप्रकाश कुशवाह, १९. कुमारी थापा मगर, २०. दिनेश घिमिरे, २१. अजय कार्की, २२. हिमाल कार्की, २३. आयुष बुढाथोकी, २४. अविनाश बोगटी, २५. विक्रम राउत, २६. विशाल बोगटी, २७. अमृत पोर्तेल, २८. कमल लामाकार्की, २९. अर्जुन पोर्तेल, ३०. कुमार दाहाल, ३१. दिपक बुढाथोकी, ३२. रामकुमार तामाङ, ३३. गोविन्द थिङ, ३४. बुद्धिमान तामाङ, ३५. चित्र कुमार पोखरेल, ३६. भूमि कुमार विक, ३७. मदन लामा, ३८. दिनेश लामा, ३९. कुमार कार्की, ४०. नविन बुढाथोकी, ४१. रुद्र घताने, ४२. रामु पराजुली, ४३. रिता खड्का लगायतलाइ केन्दीय समिति गठन गरेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार