अपाङ्गता भएका व्यक्तिहरुको गुनासो :- ऐन कार्यान्वयन कहिले हुन्छ ?
नेपालबहस संवाददाता
साउन ३०, २०८१ बुधबार १४:४९:४९
३० साउन, काठमाडौं । सुन्दरहरैचा–१० मोरङकी लक्ष्मी गुरागाइँ हाल काठमाडौँ नक्सालस्थित केन्द्रीय बहिरा क्याम्पसमा स्नातक अन्तिम वर्षमा अध्ययनरत छिन् । गुरागाइँलाई कक्षा १२ सकेपछि सूचना प्रविधि वा वाणिज्य अध्ययन गर्ने इच्छा थियो । ती विषय अध्ययन गर्ने सुविधा बहिरा क्याम्पसमा नभएको र एउटा मात्र पाठ्यक्रम भएका कारण उनले चाहेको विषय अध्ययन गर्न पाइनन् ।
सोही क्याम्पसमा अध्ययनरत् सुनाईसम्बन्धी अपाङ्गता भएकी शर्मिला शर्माले पनि लक्ष्मीले जस्तै समस्या भोग्नुप¥यो । शर्मिलाले अनुभवी शिक्षक र दोभाषेको अभावलगायत समस्या भोग्नु परेको बताइन् । लक्ष्मी र शर्मिला दुईजना उदाहरण मात्र हुन् । उनीहरु जस्ता धेरै अपाङ्गता भएका व्यक्तिहरुले यस्तो समस्या भोग्दै आएका छन्।
‘अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन–२०७४’ लागु भएको छ वर्ष बित्दासमेत् प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपाङ्गता भएका व्यक्तिहरु अन्यायमा परेका हुन् । उक्त ऐनमा ‘सुनाइसम्बन्धी अपाङ्गता भएका,सुस्तश्रवण, तथा श्रवणदृष्टिविहीन भएका व्यक्तिलाई उपयुक्त भाषा, लिपि, तरिका, पाठ्यक्रम, पाठ्यपुस्तकलगायत पहुँचयुक्त सूचना प्रविधिको प्रयोगबाट शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउन सक्नेछ’ भन्ने उल्लेख छ । तर, व्यवहारमा कार्यान्वयन हुन नसकेको अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ ।
सरकारले विपन्नता, भौगोलिक विकटता वा अपाङ्गताको गम्भीरता समेतका आधारमा अपाङ्गता भएका व्यक्तिलाई आवास सुविधासहितको शिक्षा प्रदान गर्ने ऐनमा उल्लेख गरेको छ । परीक्षा र मूल्याङ्कन प्रणालीमा छुट्टै व्यवस्था गर्ने, अपाङ्गतामैत्री शैक्षिक सामग्री तथा विद्यालय भवन तथा भौतिक संरचनाको निर्माण गर्ने भनिएपनि विद्यालय शिक्षामा सुनाइसम्बन्धी अपाङ्ता भएका व्यक्तिको पहुँच तथा सिकाइमा सहभागिता कमजोर हुँदा उनीहरूको सिकाइ गुणस्तरीय हुनसकेको छैन ।
संविधानको धारा, ३२ मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुने उल्लेख छ । तर, त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । राष्ट्रिय बहिरा महासङ्घका महासचिव सन्तोष केसीले सुनुवाइसम्बन्धी अपाङ्गता भएका र श्रवण दृष्टिविहीन बालबालिकाको सिकाइ आवश्यकता र सिक्ने शैली फरक–फरक हुने भएकाले सिकाइ विधि, प्रविधि, सिकाइ सामग्री तथा क्रियाकलापसमेत् फरक प्रयोग गरी सहजीकरण गर्नुपर्ने बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा सुनाइसम्बन्धी अपाङ्गता भएका ८८ हजार सात सय ४३ जना छन् । उक्त तथ्याङ्कमा सुनाइसम्बन्धी अपाङ्गता, सुस्तश्रवण तथा श्रवण दृष्टिविहीन भएका व्यक्ति पनि गणना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदैनिक दश घण्टा बन्द गरी यसरी हुँदै छ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति
मंसिर १८, २०८१ मंगलबार
ललितपुरका बाढी पीडितको गुनासो :- दिनानुदिन चिसो बढ्दै छ, बासको व्यवस्था कहिले हुन्छ ?
मंसिर १७, २०८१ सोमबार
पर्वतीय क्षेत्रमा जलवायु संवेदनशीलता: यस कारण पर्दैन अन्तर्राष्ट्रिय मञ्चको प्राथमिकतामा
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार