नेपाल इन्जिनियरिङ कलेज प्रति विद्यार्थीको आकर्षण, प्रवेश परीक्षामा उत्साहजनक सहभागिता
नेपालबहस संवाददाता
भदौ २, २०८१ आइतबार १२:५:१८
२ भदौ, काठमाडौं । नेपालमै सर्व सुलभ शुल्कमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्ने हेतूले स्थापित नेपाल इन्जिनियरिङ कलेज 'नेक' ले नयाँ शैक्षिक सत्रका लागि लिएको प्रवेश परीक्षामा विद्यार्थीको उत्साहजनक सहभागिता रहेको छ । शनिबार चाँगुनारायण–४ भक्तपुरमा दिइएको पहिलो प्रवेश परीक्षामै कक्षा १२ पास गरेका विद्यार्थीहरूले उत्साहजनक सहभागिता जनाए ।
स्नातक तहमा इन्जिनियरिङ विधाका ६ वटा विषयमा लिइएको प्रवेश परीक्षामा देशभरबाट विद्यार्थीहरूले सहभागिता जनाएको कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । ४८० कूल सिटको प्रवेश परीक्षामा झण्डै आधा सिटमा विद्यार्थीहरुले परीक्षा दिएका छन् । ‘स्नातक तहका सिभिल इन्जिनियरिङ, सिभिल एण्ड रुरल, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक, इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन तथा आर्किटेक्ट विषयको प्रवेश परीक्षामा विद्यार्थीहरुको उत्साहजनक रुपमा सहभागिता रह्यो ।’ विद्यार्थीहरूको उत्साहजनक सहभागीताले पनि नेपालमै सर्व सुलभ रुपमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा पाउन सकिन्छ भन्ने विश्वास विद्यार्थीहरूमा देखिएको भन्दै प्राचार्य भण्डारीले भने।
प्रवेश परीक्षाको निरीक्षणका लागि आउनु भएका पोखरा विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद कोइरालाले विश्वविद्यालयले पुराना पाठ्यक्रमलाई परिमार्जन गरेर नयाँ बनाइएकोले पनि विद्यार्थीहरूको आकर्षण बढेको बताए । कोभिड–१९ पछि विश्वविद्यालयले विद्यार्थीहरूलाई विश्वव्यापी प्रतिस्पर्धा गराउन पुरानो मोडल हटाएर नयाँ मोडलको पाठ्यक्रम तयार पारिएको जिकीर गरे । ‘पोखरा विश्वविद्यालयबाट सञ्चालित धेरै विषयहरुको पाठ्यक्रमहरु चेन्ज गरेका छौं । नेपाली विद्यार्थीहरू विदेश नजाउन् स्वदेशमै अन्तराष्ट्रिय स्तरको शिक्षा दिनुपर्छ भनेर विश्वविद्यालय सचेत छ ।’ प्राध्यापक कोइरालाले भने ।
प्रवेश परीक्षाको निरिक्षणमा आएका नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समितिका अध्यक्ष तथा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको इन्जिनियरिङ शिक्षा दिन सकिन्छ भन्ने कुरा नेपाल इन्जिनियरिङ कलेजले प्रमाणित गरेको बताए । पछिल्लो समय कक्षा १२ पास गर्ने वित्तिकै विद्यार्थीहरू विदेश गइहाल्ने गलत ट्रेन्डको विकास हुँदा देशमा युवा जनशक्ति अभाव हुनसक्ने चिन्ता समेत व्यक्त गर्दै कम्तिमा व्याचलर तहको अध्ययन नेपालमा गर्नुपर्ने जिकीर गरे । ‘नेपालको इन्जिनियरिङ शिक्षा अन्तराष्ट्रिय स्तरको छ । हतारमा कुनै ज्ञान र सीप विना विदेश जाँदा धेरै समस्याहरु आइपर्दछ । देखासिकी र लहडमा नजाउँ ।’ नेपाल इन्जिनियरिङ कलेजमा अध्ययन गर्दा विद्यार्थीले धेरै फाइदा लिन सक्ने बताउँदै अध्यक्ष खत्रीले भने ।
प्रवेश परीक्षामा सहभागिता जनाएका संखुवासभाका विद्यार्थी रञ्जन अर्यालले एआई, मसिन लर्निङ जस्ता नयाँ विषयहरू पोखरा विश्वविद्यालयको पाठ्यक्रममा रहेकाले नेपाल इन्जिनियरिङ कलेज छनौट गरेको बताए । ‘यहाँ फुलटाइम फ्याकल्टी हुनुहुँदो रहेछ । ल्याब, पुस्तकालय पनि अन्य कलेजको दाँजोमा राम्रो रहेछ । त्योसँगै आइटीका नयाँ टेक्नोलोजी एआई, मसिन लर्निङ जस्ता विषयहरु पनि रहेछ ।’ कलेजले दिने छात्रवृत्ति पनि आफुलाई मन परेको भन्दै विद्यार्थी अर्यालले भने ।
सन् १९९४ मा मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजमा स्नातक तथा स्नातकोत्तर तहको अध्ययन अध्यापन हुने गरेको छ । कलेजमा विद्यार्थीको घुईचो लाग्नुमा कलेजले हरेक वर्ष दिने आकर्षक छात्रवृत्ति पनि एक हो । प्रत्येक वर्ष कलेजले स्थानीय पालिका, वडा तहदेखि प्रादेशिक, सेमेस्टर टपर, कलेज टपर लगायत विभिन्न शिर्षकमा १५ करोड बराबरको छात्रवृत्ति दिईँदै आएको छ ।
गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आइरहेको यो कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले २०६० सालदेखि लगातार स्थायी अनुमति दिँदै आएको छ । काउन्सिलले हरेक वर्ष देशभर सञ्चालित कलेजहरुको शैक्षिक, भौतिक, प्राविधिक मुल्यांकन गरी स्थायी र अस्थायी अनुमति दिने गरेको छ । कलेजले अर्को प्रवेश परीक्षा केही समयमै सञ्चालन गर्ने बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको स्टारलिंकले डायरेक्ट–टू–सेल स्याटेलाइट टेक्नोलोजी लन्च गर्ने
मंसिर १२, २०८१ बुधबार
गुगलले आफ्ना कर्मचारीलाई किन भन्यो सबै प्रमाण नष्ट गर्नु ?
मंसिर ६, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार