सुरक्षित र व्यवस्थित शहर बनाउन काम गर्दैछौं : उपप्रधानमन्त्री सिंह
नेपालबहस संवाददाता
भदौ ४, २०८१ मंगलबार १३:१२:३६
४ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको बताएका छन् ।
मंगलबार काठमाडौं क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले मन्त्रालयले शहरी विकास र पूर्वाधार निर्माणको काम शहर र ग्रामीण क्षेत्र दुवैलाई प्राथमिकतामा राखेर गर्ने पनि बताए ।
उपत्यकाका वाग्मती, विष्णुमतीलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको भन्दै परिणाम देखिन केही समय लाग्ने उनको भनाई थियो । जसरी चलिरहेको छ त्यसैगरी चलाउ भनेर हुँदैन । सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु । त्यसमा केही समय लाग्छ,झ उनले भने,संविधानले दिएको अधिकारलाई आवश्यक कानून बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउन सक्नुपर्छ।
अहिलेको सरकारलाई काम नगर्ने छुट नभएको भन्दै उनले सरकारले जनतामा आशा जगाउने गरि काम गर्ने बताए । देशभर सुरक्षित र व्यवस्थित शहर बनाउन शहरी विकास मन्त्रालयले काम गरिरहेको पनि उपप्रधानमन्त्री सिंहले बताए ।
काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति शहरी विकास मन्त्रालय अन्तर्गत रहेको भन्दै राजधानीलाई व्यवस्थित बनाउन र उपत्यकाका नदि प्रणााली सुधार्ने काम प्राथमिताका साथ अघि बढिरहेको उनले बताए । उपप्रधानमन्त्री सिंहले सरकारलाई रचनात्मक सुझाव दिएर सहयोग गर्न पनि आह्वान गरे ।
जनताले चुनेका व्यक्ति नै राज्य सञ्चालनको तहमा पुगेको भन्दै उनले भने, ‘राम्रा विचारहरु, आइडियाहरु, नदी नालाहरुको सुधार गर्नेदेखि लिएर, काठमाडौं उपत्यकाको प्रदूषित वातावरण सुधार के गर्दाखेरि हुन्छ भन्ने कुरामा कुनै त्यस्तो सुझाव छ भने दिनुहोला ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार
राष्ट्रपतिसमक्ष मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश
मंसिर १८, २०८१ मंगलबार
चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार