कुमारी बैंकका ग्राहकलाई दि ह्वाइट आर्क डेन्टल क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट
नेपालबहस संवाददाता
भदौ ९, २०८१ आइतबार ११:५१:६
९ भदौ, काठमाडौं । कुमारी बैंक लिमिटेड र बाँसबारी, काठमाडौं स्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिक बीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट÷क्रेडिट कार्ड अथवा QR बाट भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएकाे छ ।
कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क नि:शूल्क रुपमा उपलब्ध हुनेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
विगत २३ बर्ष देखि निरन्तर बैंकिङ सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत लगानी जुट्यो, कुमारी बैंकले अगुवाई गर्ने
माघ १९, २०८१ शनिबार
एनएमबि बैंकको १ हजार ७४६ कित्ता संस्थापक शेयर बिक्रीमा
माघ १८, २०८१ शुक्रबार
सिटिजन्स बैंकका ग्राहकलाई नक्सालस्थित बाईकर्स क्याफेमा विशेष छुट
माघ १६, २०८१ बुधबार
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
माघ २१, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
माघ २१, २०८१ सोमबार
राष्ट्रपतिद्वारा वसन्तपुरमा वसन्त श्रवणः तस्बिरहरू
माघ २१, २०८१ सोमबार
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
माघ २१, २०८१ सोमबार