‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मत स्वीकृत
नेपालबहस संवाददाता
भदौ ११, २०८१ मंगलबार १८:४८:३८
११ भदौ, काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । अर्थमन्त्री पौडेलले उक्त ऐन संशोधन आवश्यक रहेको उल्लेख गर्दै आजसम्मको अभ्यासका क्रममा शेयर मार्केटको सन्दर्भमा प्रशस्त अनुभव आर्जन गरेको बताए ।
“खासगरी बजार विस्तार हुँदैछ, विस्तारित बजारलाई स्थिर ढङ्गले बढाउनुपर्ने, प्रभावकारी नियमनको प्रबन्ध, शेयरबजारका सम्बन्धमा नयाँ अभ्यासलाई हाम्रो परिपेक्ष्यअनुसार लागू गर्न यो विधेयक जरुरी छ”, मन्त्री पौडेलले भने, “यो धितोपत्र संशोधन विधेयक प्रस्तुत भएको हो, बजारमा अराजकता, अनुशासनहीनताको क्रियाकलाप हुन नदिन र लगानीकर्ताहरूलाई पीडित हुन नदिनका लागि प्रभावकारी नियमनको प्रबन्ध गरिएको छ ।”
उक्त विधेयकमाथिको छलफलमा सांसदहरू विराजभक्त श्रेष्ठ, डा प्रकाशशरण महत, वासुदेव घिमिरे, जुलीकुमारी महतो, रोशन कार्की, स्वर्णिम वाग्ले, हरि ढकाल, राजेन्द्रकुमार केसी, सुमना श्रेष्ठ, प्रेम सुवाल, मनिष झा, माधव सापकोटा, नारायणी शर्मा, नागिना यादवहरूले छलफलमा भाग लिएका थिए ।
प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले प्रतिनिधिसभामा उत्पति भएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ १२ दिनको १ बजे बस्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थमन्त्रीको दावी, निर्माण व्यवसायीको पैसा तिरिसक्यौँ
माघ २०, २०८१ आइतबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार