प्रधानमन्त्रीले गरे पौडेलको बचाउ, भने बालुवाटार जग्गा हडपेका छैनन् !
इन्द्र रिजाल
बैशाख १७, २०७६ बुधबार ०:५८:१४
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारको जग्गा प्रकरणमा मुछिएका आफ्ना पार्टीका महासचिव विष्णु पौडेलको बचाउ गरेका छन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा ओलीले राजाको शासनको बेलामा किनिएको जग्गाको विषयमा अहिले लाञ्छना लगाउनु उचित नहुने भन्दै महासचिवले आफ्नो पदको दूरुपयोग गरेर बालुवाटारको जग्गा नकिनेको बताएका छन् ।
बालुवाटारस्थित ललिता निवाससँग जोडिएको आठ आना सरकारी जग्गा नेकपा महासचिव पौडेलका छोरा नवीनको नाममा पुगेपछि पौडेल आलोचित हुँदै आएका छन् । प्रधानमन्त्री ओलीले महासचिवमाथिको लाञ्छना पार्टी र सरकार विरुद्धकै आक्रमणको रुपमा अघि सारिएको तर्क गरे ।
बालुवाटारको जग्गा हिनामिना, सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गराउनेको खोजी तथा छानबिन भइरहेको जिकिर गर्दै ओलीले कसैलाई नछाडिने र मुख हेरेर व्यवहार नगरिने प्रतिवद्धता दोहाराए । प्रधानमन्त्री ओलीले सार्वजनिक जग्गा मिच्न नदिने र सरकारको नाममा फिर्ता गर्ने स्पष्ट पारे ।
बैठकलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्यका साथ सरकार अघि बढिरहेको पनि बताए । अहिले गरिबीको निरपेक्ष रेखामुनी १८ प्रतिशत जनता रहेको भन्दै उनले अवको केहि समयभित्र कुनै नेपाली गरिबीको रेखामुनी नहुने दाबी गरे । उनले परिणाममा आधारित भएर सरकारमाथिको विश्वास बढेको धारणा पनि राखे ।
मुलुकका ठूला ठूला आयोजना अघि बढेको भन्दै प्रधानमन्त्री ओलीले अवको तीन बर्षभित्र मुलुकका सवै जनताको घरमा बिधुत पुग्ने बताए । उनले मलुकमा लगानीको वातावरण बनेको भन्दै अन्य देशबाट अव लगानी भित्रने दाबी पनि गरे ।
बैठकमा ओलीले बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्नेबारे संसदहरुलाई जानकारी गराए । प्रधानमन्त्री ओलीले बजेट अधिवेशनमा राष्ट्रपति आउँदा सांसदहरु ढिलो गरी आउने, उठेर हिँड्ने लगायतका गतिविधि गरेको प्रसंग उल्लेख गर्दै अमर्यादित काम नगर्न आफ्ना सांसदहरुलाई निर्देशन दिए । बजेट छलफलमा बोल्दा गहिराइमा अध्ययन गरेर बोल्न उनले निर्देशन पनि दिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
प्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
हुम्लामा खाद्यान्नमा सहुलियत, प्रतिकेजी रु पाँच छुट
असोज ४, २०८१ शुक्रबार
अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौंमा
असोज ४, २०८१ शुक्रबार
संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा
असोज ४, २०८१ शुक्रबार
भन्सालीको नयाँ फिल्म 'लभ एन्ड वार' अक्टोबरमा फ्लोरमा जाने
असोज ४, २०८१ शुक्रबार
बागलुङका स्वास्थ्य संस्थामा डेङ्गी परीक्षण किट अभाव
असोज ४, २०८१ शुक्रबार
मधेस प्रदेशमा कुपोषण समस्या बढ्दै, निःशुल्क उपचार गर्दै प्रदेश सरकार
असोज ४, २०८१ शुक्रबार