एप्पलको ‘इट्स ग्लोटाइम’ इभेन्ट सेप्टेम्बर ९ मा, नयाँ आईफोन लन्च गर्दै
नेपालबहस संवाददाता
भदौ १४, २०८१ शुक्रबार १२:२१:५७
१४ भदौ, काठमाडौं । आईफोन निर्माता एप्पलको लागि वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर ९ मा आयोजना हुनेछ । कम्पनीले यसका लागि आधिकारिक निमन्त्रणा पठाउन थालेको छ, जसको ट्यागलाइन ‘इट्स ग्लोटाइम’ रहेको छ ।
एप्पलले यस इभेन्टमा आईफोन १६ सिरिजका चार मोडलहरू प्रस्तुत गर्ने तयारी गरेको छ । आइफोन १६, आईफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स । तर, कम्पनीले उक्त कार्यक्रममा लन्च हुने उत्पादनका बारेमा जानकारी दिएको छैन ।
नेपाली समय अनुसार सेप्टेम्बर ९ सोमबार राति १०स् ४५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कम्पनीले २०२० बाट प्रि-रेकर्ड गरिएको भिडियो स्ट्रिम गर्दछ, जसमा यसले आईफोन र अन्य उत्पादनहरूको नयाँ श्रृंखला लन्च गर्दछ । अहिलेसम्म लीक भएका सूचना अनुसार, एप्पलले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको डिस्प्ले साइज परिवर्तन गर्न सक्छ । आईफोन १६ प्रो म्याक्समा ६।९ इन्चको डिस्प्ले हुने बताइएको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्चको डिस्प्ले हुने उल्लेख गरिएको छ ।
एप्पलले गत वर्ष ‘वान्डरलस्ट’ कार्यक्रममा आईफोन १५ सिरिज, एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको थियो । कम्पनीले पहिलो पटक चार्जिङका लागि टाइप–सी पोर्ट उपलब्ध गराएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसमुद्र मुनी वैज्ञानिकहरूले फेला पारे ‘डुबेको संसार', थप खोज हुँदै
माघ १८, २०८१ शुक्रबार
सूचना प्रविधिमार्फत मुलुकको अर्थतन्त्र वृद्धि गरिने
माघ १७, २०८१ बिहिबार
डीएसपीबाट बढुवा भएका ३७ जना एसपीको पदस्थापन
माघ २१, २०८१ सोमबार
कस्तो छ तपाईको आजको राशीफल ?
माघ २१, २०८१ सोमबार
जुम्लामा आगलागी हुँदा २ घर जलेर नष्ट
माघ २१, २०८१ सोमबार
विष्णुपुर सवस्टेशनअन्तर्गतका क्षेत्रमा १० दिन विद्युत् अवरुद्ध हुने
माघ २१, २०८१ सोमबार
३ वर्षमा एक हजार ६ सय ६६ अनलाइन सूचीकृत
माघ २१, २०८१ सोमबार
ढोरपाटनका मेयर देवकुमार नेपालीले कारागारबाटै फिर्ता गरे सहकारी बचतकर्ताको रकम
माघ २१, २०८१ सोमबार
आरटिसी भुटान बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा
माघ २१, २०८१ सोमबार
५ महिनामा ४० लाखको मह बिक्री
माघ २१, २०८१ सोमबार