अवैध लागूऔषधसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
भदौ १७, २०८१ सोमबार १३:३१:५७
१७ भदौ, काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित पाँच जना पक्राउ गरेको छ । जसमा कपिलवस्तु, कृष्णनगर नगरपालिका-२ यात्रुगेटबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ १ किलो ४ सय ४६ ग्राम सहित शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा रुकुम पश्चिम बाफिकोट गाउँपालिका-७ मकामा बस्ने ४० वर्षीय भिमसेन खत्रीको समेत संलग्नता रहेको खुल्न आएपश्चात प्रहरीले खत्रीलाई १ लाख १० हजार भारतीय रूपैयाँ सहित पक्राउ गरेको छ ।
त्यस्तै रूपन्देही, सियारी गाउँपालिका-२ मनोहरापुर बस्ने ४० वर्षीय भोला भुजल र तिलोत्तमा नगरपालिका-१४ बस्ने २३ वर्षीय सुरेश थारूलाई अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चिल्हियाबाट खटिएको प्रहरीले भोलाको घर तलासी गर्दा उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
झापा, गौरादह नगरपालिका-३ धिविनिया चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ९ मिलिग्राम, मोबाइल १ थान र नगद ४ हजार ५ सय रूपैयाँ सहित कमल गाउँपालिका-५ बस्ने २१ वर्षीय दिपेन्द्र ताजपुरियालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले गौरीगंजबाट दमकतर्फ जाँदै गरेको को.२७ प ३५४९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक दिपेन्द्रलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार