आगामी भदौ १४ गतेदेखि छुनुमुनु नेपाल भारत बाल नाटक महोत्सव २०८१ हुने
नेपालबहस संवाददाता
भदौ १८, २०८१ मंगलबार १३:२३:३
१७ भदौ, काठमाडौं । छुनुमुनुको आयोजनामा 'छुनुमुनु नेपाल-भारत बाल नाटक महोत्सव २०८१' आयोजना हुने भएको छ । आगामी भदौ १४ गतेदेखि २० गतेसम्म नेपाल फिल्म क्याम्पसमा महोत्सव आयोजना हुने भएको हो ।
'नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले महोत्सव आयोजना गरिएको,' महोत्सवका निर्देशक प्रभाकर न्यौपानेले बताए । उनले,' नेपाल र भारतका बाल कलाकारहरूलाई अन्तराष्ट्रिय मञ्च प्रदान गर्ने हेतुले स्कुलमा पढ्ने विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन सहित मञ्च प्रदान गर्न आगामी दिनमा यसको निरन्तरताका लागि अगाडि बढिरहेको न्यौपानेले बताए।'
उनले, 'छुनुमुनुले हालसम्म देशभरिका २८ बढी बिद्यालयमा अध्यायनरत करिब ३००० बढी विद्यार्थीहरूलाई रङ्गमञ्च र अभिनय सम्बन्धी सैद्धान्तिक ज्ञान प्रदान गर्दै आईरहेको बताए।' उनले,'भदौ १४ गतेदेखि २० गतेसम्म एक हप्ता भारतका ड्रामा स्कुलहरू चार वटा, नेपालको ८ मध्ये उपत्यका 'बाहिर' २ वटा, सामुदायिक १ वटा र ५ वटा विभिन्न संस्थागत विद्यालयहरूका विद्यार्थीहरूले नाटक मञ्चन गर्ने बताए ।'
त्यस्तै कला निर्देशक राजन भुजेलले, 'दुई देशबिचको सांस्कृतिक पक्ष आदानप्रदान कार्यशैली, नाटक, अन्तरसम्बन्धलाई अन्तराष्ट्रिय मञ्चसम्म पुर्याउने हेतुले बाल नाटक महोत्सव आयोजना गरिएको बताए ।' यहाँका छ वटा संस्थागत निजि विद्यालयहरू सह-आयोजकका रूपमा रहेको बताए । उनले महोत्सवको समन्वय कर्ताका रूपमा मानस निरौला रहनुभएको बताए ।
महोत्सवको सह-आयोजकका रूपमा, डियरवाक सिफल स्कुल, श्री चागुँ नारायण माध्यामिक विद्यालय, नेक्सस इन्टरनेसनल एकेडेमी, बज्र एकेडेमी, रिभेरा इन्टरनेसनल एकेडेमी र भ्याली भ्यु स्कुल रहेका छन् ।
त्यसैगरी, पहिलो दिन लेखक तथा निर्देशक राजन भुजेलको नाटक 'फस्ट' भ्याली भ्यु स्कुलका विद्यार्थीहरूको नाटक मञ्चन हुनेछ भने, दोस्रो दिन राजन भुजेलकै निर्देशनमा डियरवाक स्कुलको नाटक 'जुनेली', तेस्रो दिन सबिन कट्टेलको निर्देशनमा रिभेरन स्कुलको नाटक 'कालकोठरी', चौथो दिन सबिन कट्टेलको निर्देशनमा नेक्सन एकेडेमीको नाटक 'पोशाक' मञ्चन हुँदैछ ।
यसैगरी, कोलकत्ता ईएस्ओ नाटक शिखीको डा। तपस दासद्वारा निर्देशित नाटक ुए मेरो देशु र पाचौँ दिन चाँगु नारायण माध्यामिक विद्यालयको मञ्जु गिरिद्वारा निर्देशित नाटक सीम्रिकको 'अठोट', त्यस्तै, सोही दिन निसम्बिता स्कुल अफ ड्रिमको डा. राम होलागुण्डीद्वारा निर्देशित 'मिट्टि कि खोलनी' नाटक मञ्च हुदैँछ भने अन्तिम दिन एभरेष्ट स्कुलको सुमनजिवनद्वारा निर्देशित नाटक 'सीबियु चरी' र हरिकुल नाटक समुहको दिनेश राज शर्माद्वारा निर्देशित नाटक 'मौन हल्ला' मञ्चन हुने आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै, महोत्सवमा करिब १० वटा नाटकहरू मञ्चन हुने जनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उप-कुलपति शम्भु राईले कार्यक्रमको समुद्घाटन गर्ने बताए।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआख्यानकार थापाको उपान्यास ‘मेरा गाउँको खड्क्या मन्त्री’ को विमोचन
माघ १४, २०८१ सोमबार
मण्डलामा ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ नाटक मञ्चन हुने
पुष २४, २०८१ बुधबार
आजदेखि नाटक ‘हरि हजुरबा’ मञ्चन हुने
पुष ४, २०८१ बिहिबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार