पन्ध्र लाख खर्चेर बीपी कोइरालाको सालिक निर्माण
नेपालबहस संवाददाता
भदौ २५, २०८१ मंगलबार १३:५९:१
२५ भदौ, काभ्रेपलाञ्चोक । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बीपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बीपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको सालिक निर्माण भएको हो ।
प्रतिमा निर्माण मूल समितिका संयोजक नेपाली कांग्रेसका जिल्ला सदस्य जितकृष्ण श्रेष्ठका अनुसार रु १५ लाखको लागतमा ढलौटको सालिक बनेको हो । पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकबाट चन्दा सङ्कलन गरी सालिक निर्माण भएको संयोजक श्रेष्ठले बताए ।
आगामी असोज ५ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सालिक अनावरण गर्ने कार्यक्रम निर्धारण भएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोक शाखाले जनाएको छ । बनेपा–सिन्धुली–बर्दिबास एक सय ६० किलोमिटर सडक पनि नेता कोइरालाका नाममा राखिएको छ । यो बाटोलाई बीपी राजमार्ग भनिन्छ । जापान सरकारको अनुदानमा बीपी राजमार्ग निर्माण भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकरम पूजामा सार्वजनिक बिदा दिने निर्णय
भदौ ३१, २०८१ सोमबार
नदीले बगाएका बालक अझै भेटिएनन्
भदौ ३१, २०८१ सोमबार
पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई
भदौ ३०, २०८१ आइतबार
प्रहरीको ३० वर्षे सेवा अवधि ३ चरणमा हटाउने प्रस्ताव
नेपालबहस संवाददाता
भदौ ३०, २०८१ आइतबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
नेपालबहस संवाददाता
असोज १, २०८१ मंगलबार
संवैधानिक परिषदमा प्रचण्डको अस्वाभाविक बार्गेनिङ !
असोज १, २०८१ मंगलबार
कांग्रेस लुम्बिनी प्रदेशसभा सचेतक गिरीले दिइन् पदबाट राजीनामा
भदौ ३१, २०८१ सोमबार
सांसद चौधरीलाई देशद्रोहको मुद्दा लगाउन संसदमा माग
भदौ ३१, २०८१ सोमबार
इन्द्रजात्रा समारोहमा बालेनको तस्वीर अंकित टिसर्ट लगाएका युवायुवतीलाई प्रहरीले धपायो
असोज १, २०८१ मंगलबार
तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा
असोज १, २०८१ मंगलबार
ब्राजिलको साओ पाउलोको मेयरका उम्मेदवारबीच टीभी बहसमा कुर्सी हानाहान
असोज १, २०८१ मंगलबार
निर्माणाधीन अवस्थामा रहेको १३२ केभी विद्युत प्रसारण लाइनको सबस्टेसन
असोज १, २०८१ मंगलबार
मस्कले बाइडेन र ह्यारिस बारेको स्ट्याटस किन हटाए ?
असोज १, २०८१ मंगलबार