उपसभामुखबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै
नेपालबहस संवाददाता
भदौ २६, २०८१ बुधबार ६:५७:६
२६ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका छन् । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त नगरेको खण्डमा उनलाई हटाउने तयारी भइरहेको अवस्थामा सोही विषयमा छलफलका लागि देउवाले बैठक बोलाएको बताइएको छ । बैठक आज बिहान देउवा निवास बुढानीलकण्ठमा बस्दै छ ।
सत्तारुढ दलको बैठकले उपसभामुख रानालाई हटाउनेबारे निर्णय गरिसकेको छ । सभापति देउवाले यसबारे पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको धारणा बुझ्न खोजेको बताइएको छ । राजीनामा दिन उपसभामुख रानालाई प्रतिनिधि सभामा पनि दवाब बढ्दै गएको छ । सत्तारुढ दलबाट निर्वाचित सांसदहरुले आजको प्रतिनिधि सभा बैठकमा उपसभामुख रानाको राजीनामा माग गरेका थिए ।
रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दुतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजलवायु परिवर्तनको असर न्यूनीकरणमा विश्वलाई सन्देश दिनुपर्छ : सभापति देउवा
पुष २६, २०८१ शुक्रबार
शीतलनिवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
पुष २६, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार