रौतहटमा मन्दिरबाटै गाँजा बिक्री गर्ने साधु पक्राउ
नेपालबहस संवाददाता
भदौ २७, २०८१ बिहिबार १२:२७:४५
♦ सञ्जय मिश्रा
२७ भदौ, रौतहट । रौतहटको देवाही गोनाही नगरक्षेत्र अन्तर्गत एक गाउँमा मन्दिरमै लागूऔषध गाँजा बिक्री वितरण गर्ने एकजना साधु पुजारी पक्राउ परेका छन ।
देवाही गोनाही नगरपालिका-९ धरहरी राम जानकी मठका पुजारी स्थानीय त्रिशूल यादवको छोरा बर्ष ६५ को पुजारी साधु सिकेन्द्र राय यादव गाँजासहित पक्राउ परेका हुन् ।
मन्दिरबाट गाँजा बेच बिखन गर्ने गरेको सूचना अनुसार इलाका प्रहरी कार्यालय गोनाही बाट गएको टोलीले गएराति मन्दिरको पुजारी यादवलाई चेकजाँच गर्दा लुकाई राखेको पलाष्टिकको सानो पाकेटमा अन्दाजी १ किलो ग्राम लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी एलिजा गिरीले बताएकी छिन् ।
लगत्तै पुजारी यादवलाई गाँजा सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरूडा रौतहटमा पठाइएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
साधु यादव हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा रहेको तथा निजमाथि लागुऔषध बेचबिखन सम्बन्धी मुद्दा दायर गरी कारवाही प्रक्रिया अगाडि बढाइएको डीएसपी राजन कार्कीले जानकारी दिएका छन् । यस अघि गाँजा बिक्री वितरण गर्ने एकजना साधु फतुवा बिजयपुर नगरपालिका ११ भैंसही गाउँबाट केही समय पहिले पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
मंसिर २०, २०८१ बिहिबार
सुख्खायाममा पनि रोकिएन तिङ्लामा पहिरो, सयभन्दा बढी घर जोखिममा
मंसिर २०, २०८१ बिहिबार
पूर्वाधार निर्माणमा सघाउन मुख्यमन्त्रीको अनुरोध
मंसिर २०, २०८१ बिहिबार
एक करोड बढीको लगानीमा बाख्रापालन
मंसिर २०, २०८१ बिहिबार
आजको मौसमः तराईमा हुस्सु, हवाई उडानमा सतर्कता अपनाउन आग्रह
मंसिर २०, २०८१ बिहिबार
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
मंसिर २०, २०८१ बिहिबार