मजदूरका नेताले गरे रातो कार्पेटबाट सम्बोधन !
इन्द्र रिजाल
बैशाख १८, २०७६ बिहिबार ०:४५:४७
काठमाडौं । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । लाखौं मजदूर र भूमिहिनको आड र भरोसामा नेपालकाे सत्तामा पुगेका नेताहरुले औपचारिकता भने निभाउन भुलेनन् । हिजो खालीखुट्ट सडकमा हिँडेर निरंकुश राज्यसत्ता भन्दै नारा लगाउने नेताले दाैरा सुरूवाल, टाईसुट लगाएर, सुकिला मुकिला बनेर आज रातो कार्पेटमा उभिएर, हेरौं कसले के भने ।
मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पु¥याइएको छ : प्रम ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न कालखण्डमा भएका नेपालको श्रमिक आन्दोलनले ठूलो सफलता हासिल गरेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्वारा १३०औँ मे दिवसका अवसरमा भृकुटी मण्डपमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले भने, “हाम्रो रगत, पसिना र मेहनत खेर गएको छैन, मजदूर आन्दोलनको उपलब्धिलाई निश्चित उचाइमा पु¥याइएको छ ।”
संविधानले हामीलाई अघि बढ्न श्रमिक वर्गीय चिन्तनलाई आधार मानेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “मजदूर वर्गीय विचारबाट देश अघि बढिरहेको छ, समाजवाद, लोकतन्त्र र गणतान्त्रिक व्यवस्था यसका उपलब्धि हुन, मजदूर माथि अन्याय गरेर समस्याको समाधान खोज्नु हुँदैन भन्ने सरकार प्रष्ट छ ।” मजदूर सङ्गठनले विभिन्न विचार धारा राख्ने सबैलाई एक ठाउँमा ल्याएको बताउँदै उहाँले सरकारले गरेका कामको जति नै आलोचना गरे पनि इतिहासमा कहिल्यै नगरेका काम र उपलब्धि वर्तमान सरकारले गरेको पनि बताए ।
प्रधानमन्त्री ओलीले भने, “१०० दिनको रोजगारीको सुनिश्चित गरेको र त्यो नभए भत्ता उपलब्ध गराउने व्यवस्थासमेत गरिएको छ, अहिले रोजगारदाता, श्रमिक र सरकारबीच समधुर सम्बन्ध छ, हामी एक भएर अगाडि बढ्नेछौँ ।” अर्को एक प्रशङ्गमा प्रधानमन्त्री ओलीले सरकारले राम्रो काम गरेकामा खुशी हुनुपर्नेमा समर्थन फिर्ता लिने काम भएको छ आउनुस् मिलेर काम गरौँ ।
विगतमा मिलेर काम गर्दा साझा आन्दोलन र साझा उपलब्धि हासिल भएको बताउँदै उनले भने, “हामी मिलेर अगाडि बढौँ मिलेर उपलब्धि हासिल गरौँ, मजदूर सङ्गठनबाट सिकेर एकताका साथ अघि बढौँ ।” लगानीका लागि नेपालमा अनुकूल वातावरण बनेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “देशले अहिले सुशासन र विकास खोजे छ, पृथकतावाद टुङ्गिएको छ देशमा शान्ति सुव्यवस्था कायम भएको छ ।”
प्रचण्ड पनि मजदूरका नेता
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घियता र समाजवादी आन्दोलनको नयाँ र सफल ढाँचा विश्वलाई दिन सक्नुपर्ने बताएका छन् । उनले भने, “विकास, समृद्धि र समाजवादको सफल नयाँ ढाँचा हामीबीच एकता, समझदारी र सङ्कल्पबाट मात्र सम्भव छ, त्यसका लागि के सत्ता पक्ष के प्रतिपक्ष एक भएर अघि बढ्नु पर्दछ ।” अझै पनि समाजवादी कि पूँजीवादी बाटोमा अघि बढ्ने भन्ने चुनौती रहेको बताउँदै अध्यक्ष प्रचण्डले संविधानको मौलिक हकमा उल्लेखित विषयवस्तु कार्यान्वयनमा चुनौती भए पनि त्यसलाई अवसरका रुपमा लिएर अघि बढ्न सक्नुपर्ने बताए ।
राजनीतिक परिवर्तनको आन्दोलनमा श्रमिकको बलिदानीपूर्ण योगदान नभएको भए अहिले मुलुकमा लोकतान्त्रिक गणतन्त्र सम्भव थिएन भन्दै उनले अझै पनि ठूलो सङ्ख्यामा अभाव र अपमानमा बसेका मजदूरको हितका खातिर कम्युनिष्ट आन्दोलन आक्रमकरुपमा अघि बढिरहेको बताए ।
बोल्नलाई छुटेनन् उपेन्द्र यादव
उपप्रधानमन्त्री एवं सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र प्राप्तिका लागि मुलुकमा भएका हरेक आन्दोलनमा श्रमिक वर्गका श्रम र पसिना बगेको बताए । उनले भने , “सामाजिक सुरक्षा र श्रमिकको हित तथा अधिकारका लागि कानून बने पनि व्यवहारमा लागू गर्न निकै चुनौती छ, श्रमको सम्मान गर्ने विधि र प्रणाली हामीले स्थापित गर्न आवश्यक छ ।”
विमलेन्द्रको कुरा पनि उस्तै
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले जनआन्दोलनका बलमा प्राप्त गरेको प्रणालीलाई सफल बनाउन सङ्घीय सरकार गठन गरेर मात्र पुग्दैन अधिकार हस्तान्तरण हुन आवश्यक भएको बताए । उनले भने, “भू–माफिया र विभिन्न काण्डमा संलग्न व्यक्तिलाई खबरदार उम्काउने काम नहोस्, रोजगारी बढाउने, लगानी भित्र्याउने र उत्पादन बढाउने काममा लाग्नुहोस्, तर विपक्षका लागि अरिगाल उत्पादन र बुद्धिजीवीलाई थलो पार्ने काम नगर्नुस् ।”
श्रम मन्त्रीको कुरै नगरौँ
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले आगामी पाँच वर्षभित्रमै काम विशेषले बाहेक बाध्यात्मक परिस्थितिले रोजगारीका लागि विदेश जान बाध्य हुनुपर्ने अवस्थाको अन्त्य गरिने बताए । उनले भने, “श्रमिकमाथि कुनै नाममा हुने शोषण अन्त्य गर्न सरकार प्रतिबद्ध छ, सामाजिक न्यायसहितको सुरक्षा ऐन कार्यान्वयन गरिनेछ, लगानीमैत्री वातावरण र गुणस्तरीय रोजगार तयार हुनेछ ।”
राजेन्द्रले पनि राखे मत
राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतो ‘समृद्ध नेपाल र सुखी नेपाली’को नाराले मात्र विकास सम्भव नहुने भएकाले सङ्घीयताको मर्म र भावनाअनुरुप काम गर्न सरकारलाई सुझाव दिए । उक्त कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) का अध्यक्ष विनोद श्रेष्ठलगायतका श्रमिक नेताले अन्तर्राष्ट्रिय श्रमिक दिवस र श्रमिका हक अधिकारका विविध पक्षका बारेमा प्रकाश पारेका थिए ।
‘सबै न्यायिक रोजगार दातालाई आह्वान सामाजिक सुरक्षामा सूचीकरण हाम्रो अभियान’ मूल नाराका साथ १३०औँ अन्तर्राष्ट्रिय मजदूर दिवस मनाइएको छ । सो अवसरमा प्रधानमन्त्री ओली आन्दोलनमा महत्वपूर्ण योजना पु¥याउने लक्ष्मण बस्नेत, मुकुन्द न्यौपाने, विष्णु रिमाल र शालिकराम जम्मरकट्टेललाई सम्मान गरिएको थियो ।
गच्छदारले गरे राणाजीकाे चर्चा
उता नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मजदूरहरुकै आन्दोलनको बलमा मुलुकबाट राणा र पञ्चायतकालको अन्त्य भएकोे बताएका छन् ।
उनले विसं २००३/२०४६ साल र ०६१/६२मा भएको आन्दोलनमा मजदूरले खेलेको अग्रणि भूमिकाकै जगमा राणा र पञ्चलाई समाप्त गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको प्रस्ट पारे । १३० औँ अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा नेपाल ट्रेड युनियन काङ्ग्रेस प्रदेश नं २ ले आज वीरगञ्जमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले दुई वर्षभित्र नेपाली मजदूरको न्यूनतम तलब रु २० हजार पु¥याउने अठोटका साथ आगाडि बढ्न पार्टी निकट मजदूर सङ्गठनलाई आग्रह गरे ।
स्वदेश तथा विदेशमा रहेका नेपाली मजदूरहरुलाई अन्तर्राष्ट्रिय मजदूर दिवसको शुभकामना दिँदै नेता गच्छदारले मुलुकमा आमूल राजनीतिक परिवर्तन आए पनि मजदूरको जीवनस्तरमा परिवर्तन नआएकाले अब मजदूरको जीवनमा परिर्वतन ल्याउन सबै दल तथा मजदूरसङ्गठन केन्द्रत हुन आवश्यक रहेको बताए ।
नेपाल ट्रेडयुनियन काङ्ग्रेस प्रदेश नं २ का अध्यक्ष लक्ष्मण कुर्मीको अध्यक्षतामा सपम्पन्न भएको कार्यक्रमलाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्र चौधरी लगायतका नेताले सम्बोधन गर्दै घोषणा गरिएको न्यूनतम ज्यालादर कार्यान्वयन गराउन सरकारसँग माग गरे ।
अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसर पारी नेपाल ट्रेडयुनियन काङ्ग्रेसले आज वीरगञ्जमा प्रभातफेरी समेत निकालेको छ । वीरगञ्जको घण्टाघरबाट निस्किएको प्रभावफेरी नगरको विभिन्न भाग परिक्रमा गरेको थियो ।
आशा जगाउँदै मन्त्री घिमिरे
विराटनगर, श्रम, सीप र पसिना बगाउने श्रमिकका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् ।
श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै अर्थतन्त्र चलायमान राख्न ठूलो मद्दत गर्ने श्रमिकका उपचारका लागि श्रमिक अस्पताल बन्नुपर्ने उनीहरुको माग रहेको छ ।
‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हामो अभियान’ प्रमुख नाराकासाथ १३० औँ अन्तराष्ट्रिय मे दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ)द्वारा आज आयोजित समारोहमा वक्ताले सो धारणा राखेका हुन् ।
कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका श्रमिकको हकहित र अधिकारलाई सरकारले सुदृढ गर्दै लैजाने बताए ।
उनले तीन तहको निर्वाचनपछि बनेका तीन तहका सरकारले श्रमिक ऐन पालना गर्ने र यसबाट मजदूर लाभान्वित हुने भन्दै श्रमिकले कति पनि द्विविधा नराख्न आग्रह गरे।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले न्यूनतम ज्याला पाउन नसक्ने मजदूरको पारिवारिक अवस्थालाई ध्यानमा राखेर पनि सरकारले श्रमिक ऐनलाई कार्यान्वयन गराउनतर्फ केन्द्रित रहनुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जगत चौधरी, अखिल नेपाल ट्रेड युनियन महासङ्घका महासचिव जगत सिङ्खडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासङ्घ मोरङका अध्यक्ष टीका प्रसाईं र सचिव निलम ढुङ्गेलले मजदूरका समस्या समाधान भएमा देशले काँचुली फेर्ने विचार व्यक्त गरे ।
पूर्वअर्थमन्त्रीकाे गन-गन लामाे छ
नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता सुरेन्द्र पाण्डेले श्रमिकको हक, अधिकार र सुरक्षाको प्रत्याभूति दिलाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
१३०औँ मे दिवसको अवसरमा नेपाल टे«ड युनियन महासङ्घ ९जिफन्ट०, पेशागत महासङ्घ नेपाल(कोनेफ) र अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले संयुक्त रुपमा आज भरतपुरमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले मजदूरको नेतृत्व गर्ने कम्युनिष्ट सरकार मजदूरका हकअधिकारका विषयमा प्रतिबद्ध रहेको बताए ।
“मजदूरको पक्षमा कानून बनाउने र मजदूरलाई आवश्यक सेवा सुविधा नदिनेलाई कारवाही सरकारले गर्नुपर्छ”, उनले भने, “आफ्नो हक र अधिकारका लागि हिजोको जस्तो आन्दोलन गर्नुपर्ने दिन आउनु हुँदैन् ।” मजदूरको हकअधिकारको सुनिश्चितता पश्चात मात्र समाजवादको यात्रा तय हुने भएकाले प्राप्त उपलब्धिको संरक्षण गर्दै विभिन्न क्रान्तिले देखाएको बाटोमा अघि बढे अभियान सार्थक हुने उनले बताए ।
नेता पाण्डेले भने, “श्रमिकको योगदानका कारण कम्युनिष्टको आन्दोलन सफल भएको हो, रगतसँग साइनो गाँसेर प्राप्त गरेको अधिकारको सम्झनामा मे दिवस मनाउन थालिएको हो ।” नेपालमा पुरानो खालको संरचनाका कारण कम्युनिष्टले एकपक्षीय शासन गर्न तत्काल सम्भव नरहेको उनको भनाइ छ ।
पूर्वअर्थमन्त्रीसमेत रहेका उनले दुई कम्युनिष्ट पार्टी एकीकरणको अधिकांश काम सकिएकाले जिम्मेवारी पाएका नेता कार्यकर्ताले सरकारको राम्रा कामको प्रचार र गतल कामबारे सचेत गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाल टे«ड युनियन महासङ्घ(जिफन्ट)का उपमहासचिव गीता कार्की, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) का अध्यक्ष यदुमणि कँडेल लगायतले मजदूरका हकअधिकारका विषयमा जोड दिएका थिए । चितवनमा मजदूरहरुले छुट्टाछुट्टै कार्यक्रम गरेर मे दिवस मनाएका छन् ।
कमल थापाकाे आफैंलाई सहानुभुति
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले श्रमिकको भावनालाई सम्बोधन गर्न नसकेको बताउन भुलेनन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको श्रमिक सङ्गठन ट्रेड युनियन महासङ्घ (टुकोन) नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सरकारको गतिविधिले आम श्रमिकहरुमा असन्तुष्टि पैदा हुँदै गएको आरोप लगाए ।
“श्रमिकको हक, हित स्वार्थको रक्षाका निमित्त राप्रपा नेपाल लड्ने बेला आएको छ”, उनले भने । पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष थापाले वालुवाटार जग्गा प्रकरणमा जोकोही दोषी भए पनि कारवाही हुनुपर्ने स्पष्ट पारे । स्थानीय तहमा आफ्नो सङ्गठन विस्तारमा पार्टीका श्रमिक सङ्गठन लाग्नुपर्ने उनको भनाइ थियो ।
राप्रपाका वरिष्ठ नेता दीपक बोहराले श्रमिकको पक्षमा कुनै पनि राजनीतिक दल आबद्ध श्रमिक सङ्गठनले काम गर्न नसकेको बताए । “नेपालका श्रमिकको समस्या समाधानमा लाग्नुभन्दा श्रमिक नेता विदेश गएर रमाउने गरेका छन्”, उनले भने । नेता बोहराले श्रमिकको पक्षमा पार्टी नै लड्नुपर्ने बेला आएको बताए ।
राप्रपाका प्रवक्ता सुशीलकुमार श्रेष्ठले श्रमिकको पक्षमा लड्न महासङ्घलाई आग्रह गरे । राप्रपाका केन्द्रीय सदस्य देवेन्द्र प्रधानले ट्रेड युनियन महासङ्घलाई वास्तविक श्रमिकको पक्षमा काम गर्न नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने उल्लेख गरे । टुकोनलाई श्रमिकको हक अधिकारका लागि लड्न र पार्टीले लिएको नीति तथा विचारलाई आम जनता माझ लैजान काम गरिने अध्यक्ष हिक्मतजङ्ग भण्डारीले बताए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
३ लाख धरौटीमा छुटे दुर्गा प्रसाईं
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार
कहिले सम्पन्न होला भक्तपुर–नगरकोट सडक ?
पुष २६, २०८१ शुक्रबार
जोमसोमको पुरानो झोलुङ्गे पुल
पुष २६, २०८१ शुक्रबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टिमको बिदाई
पुष २६, २०८१ शुक्रबार
पुटिनसँग भेटवार्ताको चाँजोपाँजो मिलाइरहेको ट्रम्पको दाबी
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लस एन्जलसमा फैलिएको भीषण डढेलोमा परी १० जनाको मृत्य
पुष २६, २०८१ शुक्रबार