लोकसेवाको परिक्षा पास गरेर एक वर्षमा २७ सय जना बने सरकारी कर्मचारी
नेपालबहस संवाददाता
असोज ४, २०८१ शुक्रबार १७:३०:४१
४ असोज, काठमाडौं । लोकसेवा आयोगले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेल समक्ष आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आर्थिक वर्ष २०८०/८१ को आयोगको वार्षिक कामहरूको प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदनअनुसार गत आर्थिक वर्ष ०८०/८१ मा निजामती सेवातर्फ कुल दुई हजार ६८८ जना उम्मेदवार स्थायी नियुक्तिका लागि सिफारिस भएका छन् । गत आवमा ७४४ महिला र एक हजार ९४४ पुरुष निजामतीमा स्थायी नियुक्तिका लागि सिफारिस भएका हुन् ।
लोकसेवाको प्रतिवेदनअनुसार सबैभन्दा बढी कर्मचारी सिफारिस गुल्मीबाट भएका छन् । गुल्मीबाट १०४ जना स्थायी नियुक्तिका लागि सिफारिस हुँदा स्याङ्जाबाट १०२ जना सिफारिस भएका छन् । सर्लाहीबाट ९१, धनुषाबाट ७८ र कञ्चनपुरबाट ७३ जना सिफारिस भएका छन् । मनाङ र मुस्ताङबाट कुनै पनि उम्मेदवार सिफारिस भएका छैनन् भने रसुवाबाट एकजना मात्र सिफारिस भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलोकसेवा आयोगले देखाएको निजामती विधेयकमा समेटिनुपर्ने ११ ‘सवाल’ के–के हुन् ?
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
पुष १९, २०८१ शुक्रबार
कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत
पुष २४, २०८१ बुधबार
जसपा नेपालसम्बद्ध भ्रातृसंगठनहरु राष्ट्रिय महाधिवेशनको तयारीमा
पुष २४, २०८१ बुधबार
कठ्याङ्ग्रिने चिसोः महोत्तरीका विद्यालय एक साताका लागि बन्द
पुष २४, २०८१ बुधबार
लायन्सले वितरण गर्यो बेथानका बाढीपीडितलाई जस्ता
पुष २४, २०८१ बुधबार
बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
पुष २४, २०८१ बुधबार
मायादेवी मन्दिरमा एक करोड ४३ लाख दान सङ्कलन
पुष २४, २०८१ बुधबार