गोरखाको अजिरकोटमा कमसल ब्राण्डका बाह्य अल्कोहलिक पदार्थ बिक्रीमा रोक
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार १०:१३:३०
९ असोज, काठमाडौं । अजिरकोट गाउँपालिकाले नजिकिँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला भित्रका स्थायी व्यवसायीहरूलाई कमसल ब्रान्डका बाह्य अल्कोहलिक पदार्थ आयात कार्यमा रोक लगाउन अनुरोध गरेको छ । गाउँपालिकाले आज एक सार्वजनिक सूचना जारी गर्दै सो आग्रह गरेको हो ।
व्यवसायी स्थलमा सबैले देख्ने गरी व्यवसायी दर्ता प्रमाणपत्र, कर दर्ता प्रमाणपत्र, मुल्यसूची आदि राख्न पालिकाले आग्रह गरेको छ । अजिरकोट गाउँपालिकाभित्र सञ्चालनमा रहेका व्यापार व्यवसायीहरूले हाल सम्म विक्री वितरण गरिरहेका अन्यत्रबाट आयातित कमसल ब्रान्डका मदिराजन्य पदार्थ (स्याउ, बटारे) हरुको प्रयोगबाट जनस्वास्थ्यमा नकारात्मक असर पर्ने हुँदा यस्तो कमसलको सामान बिक्री वितरण नगर्ने गाउँपालिकाले आग्रह गरेको हो ।
०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रममा “घर उद्योग“ नामाङ्कन दिई कोदोको रक्सी उत्पादन र स्तर निर्धारण गरी ब्राण्डिङ गर्दै अजिरकोट भित्र उत्पादन भएको कोदोको रक्सी मात्र प्रयोग गर्ने उद्देश्यले आयातित कमसल ब्रान्डका मदिराजन्य पदार्थ (स्याउ, बटारे) हरू आयात गर्न रोक लगाउने निर्णय भएकोले गाउँपालिकाले जनाएको छ ।
पालिकाले लिएको यस्तो नीति कार्यान्वयनमा सहयोग गर्नको लागि आ–आफ्नो व्यापारिक स्थानहरूमा रहेका बाहिरबाट आयातित कमसल ब्रान्डका रक्सीजन्य पदार्थ आजका मितिले १५ दिन भित्र खाली गरी सक्नुहुन तथा सो पश्चात् त्यस्ता खालका पदार्थ आयात नगर्न नगराउनुहुन सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । पालिकाले निकालेको सूचनामा उल्लेख गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुर नगरपालिकामा कांग्रेसको अग्रता कायमै
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरमा कांग्रेसका डंगोल एमालेका मानन्धर भन्दा ५१४ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार