विपद् व्यवस्थापनका लागि हातेमालो गरौँ : गृहमन्त्री लेखक
नेपालबहस संवाददाता
असोज ९, २०८१ बुधबार २२:२०:५६
९ असोज, कास्की । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापनका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताएका छन् । कास्कीको पोखरास्थित पुरानो पोखरा विमानस्थलमा विश्वखाद्य कार्यक्रम (डब्लुएफपी)ले निर्माण गरेको आपत्कालीन गोदाम घरको उद्घाटन कार्यक्रममा आज उनले विपद्मा मिलीजुली अगाडि बढ्नुपर्ने बताए । मौसमको खराबीका कारण पोखरा आउन नसकेपछि गृहमन्त्री लेखकले गोदामघरको भर्चुअल रुपमा उद्घाटन गरेका थिए ।
“विपद् व्यवस्थापनको कार्यमा हामीले एकअर्कालाई सहयोग गर्नका लागि मिलीजुली अगाडि बढ्नुपर्छ”, उनले भने, “यस कार्यका लागि तीनैतहका सरकार, विकास साझेदार निजी क्षेत्र र मानविय सहायताका क्षेत्रमा काम गर्ने सङ्घसंस्था पुनःस्थापना, पुनःनिर्माणको चरणमा एक भएर अघि बढौँ । सम्भावित क्षति न्यूनीकरणका लागि हातेमालो गरौँ ।”
जलवायु परिवर्तनबाट सिर्जित नकरात्मक प्रभावले गर्दा नेपालमा क्षतिको परिणाम बढ्दै गृहमन्त्री लेखकले बताए। “सबैखालका प्राकृतिक एवं मानव सिर्जित विपद्को सामना गर्न पूर्वतयारीको आवश्यकता पर्दछ,” उनले भने, “पूर्व तयारीस्वरुप पछिल्लो आपतकालिन अवस्थामा विकास साझेदारका साथीहरूले सहयोग गर्दै आउनुभएको छ ।”
सरकारले आपतकालिन गोदामघर व्यवस्थापन कार्यविधि जारी तयारी गरिरहेका उनले बताए । पोखरामा गोदाम घरमा स्थापनापछि तीन तहको सरकार, मानवीय सहायता कक्षमा कार्य गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू भण्डारण र वितरणमा जवाफदेही बन्नेमा उहाँले विश्वास व्यक्त गरे । यसका लागि सरकारले जारी गर्न लागेको कार्यविधिले धेरै सहयोग गर्ने गृहमन्त्री लेखकले सुनाए ।
गृहमन्त्री लेखकले वक्तव्य दिएर भर्चुअल रुपमा गोदामघरको उद्घाटन गर्नुभएपछि गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ताम्रपत्र अनावरण गरेका थिए । मुख्यमन्त्री पाण्डेले प्रदेशले विपद् व्यवस्थापन कोष सञ्चालन गर्दै आएको जानकारी दिए। गण्डकी प्रदेश सरकारले सुरक्षा निकायको क्षमता अभिवृद्धि गर्दै राहत तथा उद्धारमा एकद्वार नीति अवलम्बन गर्दै आएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबीआरआई दुरदर्शी परियोजना हो: प्रधानमन्त्री
मंसिर १९, २०८१ बुधबार
राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना
मंसिर १९, २०८१ बुधबार
संघीय संसदका दुई समितिको बैठक बस्दै
मंसिर १९, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार
शिक्षण अस्पतालमा राष्ट्रपतिको शल्यक्रिया सम्पन्न
मंसिर १९, २०८१ बुधबार
चितवनमा रवि समर्थक र प्रहरीबीच झडप,२० भन्दा बढी प्रहरी घाइते
मंसिर १९, २०८१ बुधबार
दुबै पक्षका आंशिक विषय समावेश हुने गरी नेपाल र चीनबीच बीआरआई फ्रेमवर्कमा हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
तेह्र वर्षमा पनि पूरा भएन खानेपानी आयोजना
मंसिर १९, २०८१ बुधबार
काठमाडौंले कर्णाली याक्सलाई ३ विकेटले हरायो
मंसिर १९, २०८१ बुधबार