भारी वर्षाका कारण देशभर धनजनको क्षति, प्रभावितको उद्दारका लागि सशस्त्र प्रहरी परिचालन
नेपालबहस संवाददाता
असोज १२, २०८१ शनिबार ११:३१:५१
१२ असोज, काठमाडौं । लगातार भइरहेको भारी वर्षाले देशको विभिन्न भागमा क्षति पुर्याएको छ । धेरै ठाउँमा बाढी, पहिरो र डुवानले मानवीय क्षति समेत भएको छ । यसको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आवश्यक सुरक्षाकर्मी खटाएका छन् ।
सशस्त्र प्रहरीका अनुसार सशस्त्रको टोली देशभर खटिएको छ । अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परी फसेकाहरूको उद्धार कार्यको लागि नेपाली सेना र सशस्त्रको फौज देशका विभिन्न स्थानहरूमा परिचालन भएको छ । सशस्त्र प्रहरीका अनुसार धनकुटा जिल्ला, पाख्रिबास न.पा.–५ मा पहिरो गई घर पुरेकोले उद्धार कार्यको लागि फौज खटिएको छ ।
ललितपुर जिल्ला, महालक्ष्मी न.पा.–२ स्थित इमाडोलमा रहेको समेन्द्र सेतु मा.बि. डुबान परि ५ जना फसेको खबर प्राप्त हुनासाथ फौज उद्धार कार्यको लागि खटिएको जनाएको छ । ललितपुर जिल्लाकै ल.उप.म.न.पा.–२ स्थित नख्खु इलाका डुबान परेकोले फौज उद्धार कार्यको लागि खटिएको हो ।
ललितपुर जिल्ला, गोदावरी.न.पा.–६ स्थित टिकाभैरवमा रहेको लिप्रोसी हस्पिटलमा पहिरो गई ३ जना पुरिएकोले उद्धार कार्यको लागि फौज खटिएको सशस्त्रले जनाएको छ । धनकुटा जिल्ला, धनकुटा.न.पा.–४ स्थित त्रिशुलीमा रहेको स्थानीयको घर भासिएकोले उद्धार कार्यको लागि फौज खटिएको छ ।
काठमाडौं जिल्लाको त्रीपुरेश्वर, थापाथली इलाका डुबान परेकोले उद्धार कार्यका लागि टोली खटिएको छ भने ललितपुर जिल्ला ललितपुर म.न.पा.–४ सानेपामा स्थानीयको धर डुबान परेकोले उद्धार कार्यका लागि सुरक्षाकर्मीको टोली खटाइएको छ । यस्तै पाँचथर जिल्ला फिदिम न.पा.–४ स्थित स्थानीयको घर पुरिएकोले उद्धार कार्यको फौज खटिएको छ ।
बिहान सवा ९ बजे ललितपुर मनपा १४ नखिपोट कान्तिपुर कोलोनिमा ४ जना व्यक्तिलाई नख्खु खोलाले बगाई बेपत्ता भएको र जसमा १ महिला, २ पुरुष र १ बच्चा भएको सशस्त्रले जनाएको छ । काठमाडौं नागार्जुन नपा– ३ इचङ्गु नारायण मन्दिर नजिक घर भत्कदा ५५ बर्षका पुरुषको मृत्यु भएको छ भने ३ जना पुरिएका छन् । उनीहरुको उद्धारका लागि सशस्त्र मुख्यालयबाट एम्बुलेन्ससहितको टोली परिचालन भएको छ ।
यस्तै पाल्पा जिल्ला तानसेन न.पा.–३ स्थित स्थानीयको घर पुरिएको स्थानमा उद्धार कार्यको लागि टोली परिचालन भएको छ । ललितपुर म.न.पा. स्थित कुसुन्तीमा डुबान परेको स्थानमा उद्धार कार्यको लागि टोली परिचालन भएको छ ।
यस्तै चितवन जिल्ला, राप्ती न.पा.–६ स्थित बेलौरामा स्थानीयको घर डुबाएको स्थानमा उद्धार कार्यको लागि टोली परिचालन भएको छ । चितवन जिल्ला, प्युठान न.पा.–७ स्थित ढिकुरेमा पहिरोका कारण चकचके सडक खण्ड अवरुद्ध भएको स्थानमा फौज परिचालन भई अवरोध हटाउने कार्य जारी राखेको सशस्त्रले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराईमा शीतलहरको कहर: जोखिम बढ्दो, पूर्वतयारी सुस्त !
पुष २६, २०८१ शुक्रबार
‘पटकपटक कम्पन हुँदैमा ठूलो भूकम्पको जोखिम छ भन्न मिल्दैन’
पुष २३, २०८१ मंगलबार
चीनमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुग्यो
पुष २३, २०८१ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
‘निजामती विधेयकमा ट्रेड युनियन खारेज होइन, व्यवस्थित गरौँ’
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार