मन्त्रिपरिषद् बैठक: तीन दिन राष्ट्रिय शोक घोषणा
नेपालबहस संवाददाता
असोज १४, २०८१ सोमबार २१:३९:४
१४ असोज, काठमाडौं । सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ । बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि सरकारले राष्ट्रिय शोकको घोषणा गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बैठकपछि जानकारी दिए ।
त्यस्तै सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब जम्मा गर्ने निर्णय गरेको छ । बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदका सबै सदस्यले एक महिनाको तलब तथा सेवा सुविधा कोषमा जम्मा गर्ने निर्णय पनि भएको प्रवक्ता गुरुङले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले अवरुद्ध भएका सडक तत्काल सञ्चालन गर्नका लागि पहल गर्ने, महंगी तथा कालोबजारी नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको उनले बताए । असोज १० गतेदेखि भएको वर्षका कारण आएको बाढी र पहिरोले अहिलेसम्म २०९ जनाको मृत्यु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने
असोज १४, २०८१ सोमबार
राहत उपलब्ध गराउनका लागि समन्वय र सहजीकरण गर्न ८ जिल्लामा कार्यदल गठन
असोज १४, २०८१ सोमबार
अमेरिकाबाट नेपाल आइपुगे प्रधानमन्त्री ओली
असोज १४, २०८१ सोमबार
स्थलगत रिपोर्ट : दुःख दिएन यसपटक नारायणगढ–मुग्लिन सडकले
असोज १४, २०८१ सोमबार
स्थलगत रिपोर्ट : हेवाको पुल बगेपछि ताप्लेजुङमा सामान ढुवानीमा कठिनाइ
असोज १४, २०८१ सोमबार
कांग्रेसले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा समन्वय गर्ने
असोज १४, २०८१ सोमबार
तारकेश्वरका अमिन चौलागाई घुस रकमसहित पक्राउ
असोज १४, २०८१ सोमबार
एभरेष्ट महिला भलिबल लिग: कर्णालीको विजयी शुरुवात
असोज १४, २०८१ सोमबार
मन्त्रिपरिषद् बैठक: तीन दिन राष्ट्रिय शोक घोषणा
असोज १४, २०८१ सोमबार