साउथीले राजीनामा दिएपछि लाथम बने न्यूजील्याण्डको टेस्ट कप्तान
नेपालबहस संवाददाता
असोज १६, २०८१ बुधबार १२:३२:३
१६ असोज, काठमाडौं । न्युजिल्यान्डका टेस्ट कप्तान टिम साउथीले राजीनामा दिएका छन् । न्यूजील्याण्ड क्रिकेट बोर्डले साउथीले राजीनामा दिएको जानकारी दिएको हो ।
राजीनामा दिँदै साउथीले भनेका छन्- 'मैले टोलीको हितमा कप्तानी छोड्ने निर्णय गरेको छु । न्युजिल्यान्डको कप्तान मेरा लागि विशेष रह्यो । मैले मेरो करियरमा सधैं टोलीलाई प्राथमिकता दिएको छु र मलाई विश्वास छ कि यो निर्णय टोलीको लागि सही छ। अब म आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्छु र टोलीलाई राम्रो सेवा दिन सक्छु ।'
केन विलियम्सनले कप्तानीबाट राजीनामा दिएपछि ३५ वर्षीय साउथीले उक्त पद सम्हालेका थिए । उनले १४ टेस्ट खेलमा न्यूजील्याण्डको नेतृत्व गरेका थिए । जसमा ६ खेलमा जित, ६ हार र २ खेल बराबरीमा गरेका छन् ।
हालै श्रीलंका भ्रमणमा गएको न्युजिल्याण्डको टोलीले टेस्ट सिरिज २-० ले हार बेहोरेको थियो । टिम साउथीले राजीनामा दिएपछि न्यूजिल्याण्ड क्रिकेटले नयाँ कप्तानको घोषणा गरेको छ । नयाँ कप्तानमा टम लाथम नियुक्त भएका छन् । ओपनिङ ब्याट्सम्यानले यसअघि पनि टिमको कप्तानी गरिसकेका छन् । उनले ९ खेलमा ब्ल्याक क्याप्सको कप्तानी गरेका छन् । अब उनले भारत भ्रमणमा टोलीको जिम्मेवारी सम्हाल्नेछन् ।
भारत र न्यूजिल्याण्डबीचको तीन खेलको टेष्ट शृंखला अक्टोबर १६ बाट सुरु हुँदैछ । पहिलो खेल बैंगलोरमा हुनेछ । यस सिरिजको दोस्रो र तेस्रो खेल क्रमशः २४ अक्टोबर (पुणे) र १ नोभेम्बर (मुम्बई) मा हुनेछ । विश्व टेस्ट च्याम्पियनसिपको फाइनलको दृष्टिकोणले दुवै टोलीका लागि यो शृङ्खला महत्त्वपूर्ण छ । भारत ७४.२४ अंकको साथ शीर्ष स्थानमा छ भने न्यूजील्याण्डको ३७.५० अंकसहित छैटौं स्थानमा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रिमियर लिगको आधिकारिक मस्कट सार्वजनिक
मंसिर १४, २०८१ शुक्रबार
यु–१९ एसिया कपः श्रीलङ्काले दियो नेपाललाई दुई सय ३४ रनको लक्ष्य
मंसिर १४, २०८१ शुक्रबार
जनकपुर बोल्ट्स र नेपाल सेरामिक इण्डस्ट्रीबीच डेकोर पार्टनरमा सम्झौता
मंसिर १४, २०८१ शुक्रबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार