कोरोना विरुद्ध ‘फाइजर’ खोप लगाइँदै
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार १४:१९:३३
१७ असोज, सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ । उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिए ।
अभियानमा १२ वर्षमाथि उमेर समूहका, हालसम्म कोरोनाको खोप नलगाएका र यसअघि खोप लगाएर एकवर्ष पुगिसकेका नागरिकलाई यो खोप दिन लागिएको हो ।
“हाल कोरोना भाइरसको संक्रमण नरहेपनि यसको भेरियन्ट परिवर्तन भइरहँदा जोखिम हुनसक्छ”, अवस्थीले भने “उपमहागरमा उपलब्ध भएको खोपको मात्राका आधारमा तीन दिन अभियान सञ्चालन हुनेछ ।”
खोप अभियान सुदूरपश्चिम प्रदेशका कैलालीसहित बझाङ र डडेल्धुराका स्थानीय तहमा सुरु भइसकेको प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति मीनराज जोशीले प्रदेशका सबै नौ जिल्लामा अभियान सञ्चालनका लागि एक लाख नौ हजार मात्रा खोप उपलब्ध भएको जानकारी दिए ।
जोशीका अनुसार प्रदेशका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाटलगायत भारतसँग सीमा जोडिएका स्थानमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत् स्वदेश भित्रिने नागरिकमा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण हुँदै आएको छ । पछिल्लो समय सीमानाकामा गरिने एन्टिजेन परीक्षणमा कमी आएकाले खोप अभियान सञ्चालन गरिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेत्रज्योति संघद्वारा बाल सेवाघरमा आँखा परीक्षण
असोज १७, २०८१ बिहिबार
स्वास्थ्य मन्त्रालयको परिसरमै डेंगु फैलाउने लामखुट्टेको बासस्थान !
असोज १६, २०८१ बुधबार
सबै प्रदेशमा मुटु रोग उपचार विस्तार गर्ने गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको निर्णय
असोज १५, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलामा अस्तायो
असोज १७, २०८१ बिहिबार
एक्समा एलन मस्कले गरेको लगानी भन्दा ८० प्रतिशत कम मूल्य !
असोज १७, २०८१ बिहिबार
राजदेवी मन्दिर डुबानमा
असोज १७, २०८१ बिहिबार
राहतको पर्खाइमा स्थानीय
असोज १७, २०८१ बिहिबार
बाढीपहिरोबाट खेलकुद क्षेत्रमा क्षति
असोज १७, २०८१ बिहिबार