महिला भलिबल लिगमा आज अन्तिम चरणका खेल हुँदै, को पुग्ला फाइनलमा ?
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार ११:३८:२८
१८ असोज, काठमाडौं । जारी एभरेष्ट महिला भलिबल लिग अन्तर्गत आज लिग चरणका अन्तिम खेल हुँदै छन् ।लिगमा ४-४ खेल सम्पन्न हुँदा कर्णाली यशविस शिर्ष स्थानमा रहेको छ । कर्णाली ४ खेलमा अपराजित रहँदै १० अंक हासिल गरेको छ । त्यस्तै काठमाडौँ स्पाइकर्स ४ खेलमा ३ जित र एक हारसहित ९ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी चितवन शक्ति ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै तेस्रो र ललितपुर क्वीन्स ४ खेलमा २ जित र २ हारसहित ७ अंक हासिल गर्दै चौथो स्थानमा रहेको छ ।
त्यस्तै फाइनलको दौडबाट बाहिरिएको गण्डकी थण्डर्सको ४ खेलमा एक जित र ३ हारसहित केवल ३ अंक छ भने मधेश युनाइटेडले ४ खेलमा सबै खेलमा हार बेहोरेर अंकविहीन रहेको छ ।
अब आज लिग चरणको अन्तिम खेलमा शीर्ष स्थानमा रहेको कर्णाली र दोस्रो स्थानमा रहेको काठमाडौँ भिड्दै छन् । यो खेलको विजेता फाइनलमा पुग्ने निश्चित छ । यो खेल राति ७:४५ बजेदेखि शुरु हुने छ ।
त्यसैगरी तेस्रो स्थानमा रहेको ललितपुर क्वीन्स र चौथो स्थानमा रहेको चितवन शक्तिबीच आजको पहिलो खेल हुँदै छ । यो खेल अपरान्ह ३:४५ बजेदेखि शुरु हुँदै छ ।
त्यसैगरी आजको दोस्रो खेल मधेश युनाइटेड र गण्डकी थण्डर्सबीच हुँदै छ । यो खेल अपरान्ह ५:४५ बजेदेखि शरू हुने छ । दुवै फाइनलको दौडबाट बाहिरिएकाले यस खेलको नतिजाले फाइनलको समीकरणमा कुनै असर गर्ने छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुकुटेमा राष्ट्रियस्तरको ‘बिच’ भलिबल प्रतियोगिता हुने
मंसिर ६, २०८१ बिहिबार
गुआर्डिओलाले म्यानचेस्टर सिटीमा सम्झौता नवीकरण गर्ने
मंसिर ६, २०८१ बिहिबार
आईजीपी रनिङ्ग कप पुरुष भलिबल प्रतियोगिता सुरू
कात्तिक ७, २०८१ बुधबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार