आदिवासी जनजाति महासङ्घ ११ लाख खर्चगर्दै, प्रदेश १ का मुख्यमन्त्री राई र मन्त्री आङवोलाई नागरिक अभिनन्दन
इन्द्र रिजाल
बैशाख १९, २०७६ शुक्रबार ०:१२:४३
विराटनगर । प्रदेश नं १ मुख्यमन्त्री शेरधन राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोलाई नेपाल आदिवासी जनजाति महासङ्घ मोरङले नागरिक अभिनन्दन गर्ने निर्णय गरेको छ ।
महासङ्घ मोरङका अध्यक्ष मिलनकुमार राईले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी यही वैशाख २० र २१ मोरङको गछियामा हुने चौथो जिल्ला अधिवेशनको समापनको अवसरमा अभिन्नदन गर्ने जानकारी दिए ।
मोरङमा २९ आदिवासी जनजाति समुदायको बसोबास रहे पनि २० जातीय समुदायको १७ स्थानीय निकायमा महासङ्घको सङ्गठन रहेको छ । महासङ्घले आदिवासी जनजातिका राष्ट्रिय पर्व यथावत राख्नुपर्ने जनजाति आयोगका लागि सम्पन्न बनाउनुपर्ने, संविधान संशोधन गरी सबैको बनाउनुपर्ने र पहिचानको आधारमा प्रदेशको नामाङ्कन र सिमाङ्कन हुनुपर्ने र स्थायी राजधानी सबैलाई सहज पहुँच हुने मध्यभागमा राख्नुपर्ने अधिवेशनमा मुख्य मुद्दा हुने पत्रकार सम्मेलनमा जानकारी दिइयो । अधिवेशनले सहमतिको आधारमा नेतृत्व चयन गर्ने र रु ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपप्रतिवेदन अनुसार रविलाई कारवाही भए चार वटा मुद्धा चल्ने
असोज १, २०८१ मंगलबार
हायात होटलको जग्गा भाडा विवादः पर्यटन समितिले छानबिन गर्दै
भदौ ३१, २०८१ सोमबार
७० जना उपसचिवसहित सामान्य प्रशासन मन्त्रालयद्वारा १२ सय माथि कर्मचारीको सरुवा
असोज ३, २०८१ बिहिबार
आधुनिक धरहरा खुलेको पहिलो दिन अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक
असोज ३, २०८१ बिहिबार
शरद ऋतुसँगै पदयात्रा पर्यटनको मुख्य याम सुरु
असोज ४, २०८१ शुक्रबार
प्रधानमन्त्री ओली अमेरिका प्रस्थान [ फोटो फिचर ]
असोज ४, २०८१ शुक्रबार
एक्सले प्रतिबन्धका बाबुजुद काम गर्न थालेपछि ब्राजिलमा हंगामा
असोज ४, २०८१ शुक्रबार
भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसो प्रयोग !
असोज ४, २०८१ शुक्रबार
सुडान घोटाला प्रकरणमा दोषी ठहर राणाको पेन्सनसम्बन्धी रिट शर्मा र सुवेदीको इजलासमा
असोज ४, २०८१ शुक्रबार