प्रधानन्यायाधीशमा राउतको आज शपथ, सर्वोच्चमा स्वागत र विदाइको विशेष कार्यक्रम
नेपालबहस संवाददाता
असोज २०, २०८१ आइतबार १०:२६:४१
२० असोज, काठमाडौं । प्रधानन्यायाधीशको रूपमा संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएका प्रकाशमान सिंह राउतलाई आज पद तथा गोपनीयताको शपथ गराइने भएको छ । राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गते देखि अवकाश लिएकाले राउतलाई आज शपथ गराइन लागेको हो । उनको पदभार ग्रहणका लागि सर्वोच्च अदालत प्रशासनले पनि तयारी थालेको छ । नयाँ प्रधान न्यायाधीश राउतलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वागत गर्ने कार्यक्रम छ । संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो ।
असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए। राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्। सर्वोच्च अदालतसहित देशभरका अदालत भने घटस्थापनाकै दिनदेखि दसैँ बिदा लागू भएको छ।
सर्वोच्च अदालत र विभिन्न अदालतमा बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने खुल्ला राखिएको छ। यसका लागि न्यायाधीश र कर्मचारीको पालो मिलाइएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार