यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार १८:५८:३७
२१ असोज, दोलखा । गत साताको बाढीपहिरोपछि दोलखा हुँदै रामेछाप, ओखलढुङ्गा, सोलुखुम्बू लगायतका जिल्ला जाने सवारीसाधनको चापलाई ध्यानमा राखी जिल्ला प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापनासहित टाइम कार्ड लागू गरेको छ ।
चाडपर्वमा हुने भीडभाडमा यात्रुको सहजताका लागि खरिढुङ्गा, सातदोबाटो चरिकोट, सिङ्गटी, जिरीमा यात्रु सहायता कक्ष स्थापना गरी टाइम कार्ड लागू गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका अनुसार खरिढुङ्गा–चरिकोट '२२ किमी' कम्तीमा एक घण्टा, चरिकोट–किर्नेटार '३९ किमी' कम्तीमा एक घण्टा ३५ मिनेट, चरिकोट–जिरी '५६ किमी' कम्तीमा दुई घण्टा १५ मिनेट र चरिकोट–सिँगटी '३९ किमी' का लागि कम्तीमा एक घण्टा ३५ मिनेट समय तोकिएको छ ।
यात्राका क्रममा असहजता महसुस भए सहायता कक्षामा उजुरी वा गुनासो गर्न ट्राफिक सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख ठाकुर भट्टराईले बताए । खरिढुङ्गा सहायता कक्ष आज जिल्ला प्रमुख अधिकारी टुवाराज पोखरेल उद्घाटन गरे ।
यात्रु सहायता कक्षमार्फत ट्राफिक नियमबारे सचेत गराउने, क्षमताभन्दा बढी यात्रु बोकेमा, तोकिएभन्दा बढी भाडा लिएमा जाँच गर्ने प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।
गत असोज ११ र १२ गतेको बाढीपहिरोले अन्य जिल्लाका विभिन्न पुल र सडक बगाउँदा दोलखा हुँदै काठमाडौँ आवतजावत गर्ने रामेछाप, ओखलढुङ्गा मन्थली, सोलुखुम्बूलगायत सवारीसाधन दोलखा हुँदै गुड्न थालेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
माघ २२, २०८१ मंगलबार
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
माघ २१, २०८१ सोमबार
बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू
माघ १८, २०८१ शुक्रबार
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
माघ २२, २०८१ मंगलबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
होमस्टे प्रवर्द्धनमा इच्छाकामना
माघ २२, २०८१ मंगलबार
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
माघ २२, २०८१ मंगलबार
क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित
माघ २२, २०८१ मंगलबार