नयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने
नेपालबहस संवाददाता
असोज २३, २०८१ बुधबार ११:२०:११
२३ असोज, काठमाडौं । प्रसिद्ध दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका निर्देशक रहेका पति विग्नेश शिवन लोकप्रिय जोडी मध्ये एक हुन् । यी दुईको पहिलो भेट सन् २०१५ मा तमिल भाषाको रोमान्टिक कमेडी फिल्म नानुम राउडी धनको सुटिङका क्रममा भएको थियो ।
यसपछि दुवैले सात वर्षसम्म डेट गरेपछि जुन ९, २०२२ मा विवाह गरेका थिए । अब उनीहरुको विवाहको डकुमेन्ट्रीको नेटफ्लिक्समा रिलिज हुने भएको छ । ‘नयनतारा ः बियन्ड द फेयरी टेल’ शिर्षकमा नेटफ्लिक्समा रिलिज हुने भएको हो ।
नयनतारा र विग्नेशको विवाह महाबलीपुरमको एक विलासी रिसोर्टमा भएको थियो । उनीहरुको विवाहमा भारतीय फिल्म उद्योगका केही चर्चित नामहरु पनि सहभागी भएका थिए । दम्पतीले आफ्नो विवाहको वृत्तचित्रको अधिकार नेटफ्लिक्सलाई बेचेका थिए । अब उनीहरुको विवाहको दुई वर्षपछि यही स्ट्रिमिङ प्लेटफर्ममा छिट्टै डकुमेन्ट्री फिल्म ‘नयनतारा बियन्ड द फेयरी टेल’ रिलिज हुँदैछ । यद्यपी यसको रिलिज मिति बारे आधिकारिक जानकारी नआएपनि डकुमेन्ट्रीको रन टाइम भने खुलाइएको छ ।
नेटफ्लिक्सले दिएको जानकारी अनुसार वृत्तचित्रको रनटाइम १ घण्टा २१ मिनेटको हुने छ । यसमा जोडीको प्रेमकथा, उनीहरुको व्यक्तिगत कथा, उनीहरुको बिहेका केहि यादगार पलहरु र उनीहरुले सँगै बिताएका समयका झलकहरु देख्न सकिनेछ ।
फिल्मको प्रोमो ट्रेलर सेप्टेम्बर २०२२ मा रिलिज गरिएको थियो, जसमा नयनतारा र विग्नेशले एकअर्कालाई आजीवन साथीको रूपमा रोज्नुको कारणलाई हाइलाइट गरिएको थियो ।
दुवै जना अहिले दुई जुम्ल्याहा सन्तानको आमाबुवा भइसकेका छन् । विवाहको चार महिनापछि, अक्टोबर २०२२ मा नयनतारा र विग्नेश जुम्ल्याहा सन्तान उइर र उलागमका आमाबुवा बनेका थिए । दुवै सन्तान सरोगेसीको माध्यमबाट जन्मिएका हुन्, जसलाई लिएर निकै चर्चा चलेको थियो ।
नयनताराको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनका‘टेस्ट’, ‘मननगट्टी सन १९६०’, ‘थानी ओरुवान २’ र ‘डियर स्टुडेन्ट्स’ जस्ता फिल्म आउनेक्रममा रहेका छन् भने विग्नेश ‘लभ इन्स्योरेन्स कम्पनी’ को सुटिङमा व्यस्त छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
शिल्पा शेट्टीका पति राज कुन्द्रा आज ईडीमा उपस्थित हुने
मंसिर १७, २०८१ सोमबार
पुष्पा-२ ले पहिलो दिन नै २०० करोड कमाउने प्रक्षेपण, १२ हजार स्क्रिनमा देखिने
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन् “चौकाभन्दा छक्का हान्न मनपर्छ”
मंसिर १९, २०८१ बुधबार
विद्युतीय तार भूमिगत गरिँदै
मंसिर १९, २०८१ बुधबार
राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेलीको विजुली
मंसिर १९, २०८१ बुधबार
जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक
मंसिर १९, २०८१ बुधबार
धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार
उपरथीमा बढुवा भएका प्रेमबहादुर पुनलाई दर्ज्यानी चिह्न
मंसिर १९, २०८१ बुधबार