बर्दिवासको डेन्टल केयरको बदमासी : बालिकाको निकाल्न नै नहुने दाँत निकालेपछि...
नेपालबहस संवाददाता
असोज २९, २०८१ मंगलबार २०:१९:४८
♦ बिशाल बस्नेत
२९ असोज, महोत्तरी । धनुषा मिथिला-१० का नेत्र बहादुर कार्कीले इटहरीबाट मावली टिका लगाउन आएकी नातिनी नित्या कुँवरको अगाडितर्फ दुई वटा दारा दाँत पलाएको देखेपछी मंगलवार हत्तपत्त उपचारको लागि बर्दिवास पुर्याए । कार्कीले ६ वर्षीय नातिनीको बर्दिवासस्थित मकालु डेन्टल केयरमा पुर्याएर हल्लिएको र दारा दाँत पलाएको ठाउँ देखाएर निकाल्नुपर्ने त बताए तर त्यसको ठिक उल्टो बन्यो ।
उपचार कक्षबाट रुँदै दाँत निकालेर नातिनी बाहिर आउँदा जव कार्कीले हेरे तव देखाएको दाँत ननिकाली अर्कै दाँत निकालिएको थियो । निकाल्नुपर्ने दाँत ननिकाली अर्कै दाँत किन निकालियो भन्ने विषय नै अहिले चर्चामा छ ।
‘हामि करिव १२ वजेतिर किल्निक पुगेका थियौ । त्यहाँ ठुलो बोर्डमा विशेषज्ञहरुको नाम राखेर उपचार गरिने भनेर राखिएको थियो ।’ हजुरवुवा कार्कीले भने । ‘उत्कृष्ट उपचार हुन्छ भन्ने लाग्यो तर यहाँ त नसोचेको पो भयो ।’
वालिकाको दाँत निकाल्ने किल्निकको सामान्य कर्मचारी मात्र भएको खुलेको छ । चिकित्सकको सल्लाह नै विना दाँत उखाल्ने जस्तो विषयमा हेलचेक्र्याई गर्नु किल्निक संचालकको गैरजिम्मेवार देखिएको पिडितहरुले गुनासो गरेका छन् ।
एक बर्षदेखी किल्निकमा काम गर्दै आएकी विनिता महतोले उक्त दाँत निकालेकी थिइन् । आत्माबिस्वासका आधारमा दाँत निकालेतापनी आफुवाट गल्ती भएको महतोले स्वीकार गरिन ।
तर दाँत निकाल्ने विषयमा कर्मचारीलाई कुनै आधिकारिकता आफुहरुवाट नभएको चिकित्सक अन्जली साहले दावी गरेकी छन् । ‘उन्ले दाँत कसरी र कुन आधारमा निकालिन भन्ने विषयमा हामी बुझ्छौ तर हामीसँग कुनै सल्लाह भएको छैन ।’ डा। साहले भनिन । ‘वास्तवमा नै गल्ती भएको छ यो मेडिकल प्रक्रिया विपरीत भएको विषयमा हामि स्वीकार गर्छौं ।’
यता असहय भएर ६ बर्षीय वालिका दाँत निकाल्न जाँदा अर्कै दात निकालिनुले आम मानिसमा संसय र त्रास सिर्जना भएको स्थानियहरुले प्रतिक्रिया दिएका छन् । स्थानीय गुन्ज कार्कीले यस्तो खाल्को गैरजिम्मेवार भत्सर्नाजन्य भएको वताए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुरेश पासवानले मेडिकल प्रक्रियाविना जताभावी उपचार गर्नु गलत भएको बताउँदै नगरले नियमन प्रक्रियालाई अगाडी बढाईरहेको बताएका छन् । ‘हामीले मकालु लगायत सबैलाई नगरमा कागजपत्र पेश गर्न सूचना निकालेका थियौं तर वांहाहरु आउनु भएन ।’ प्रमुख पासवानले भने । ‘त्यो मकालु त मैले नाम नै सुनेको छैन । आवस्यक कारवाही प्रक्रिया अगाडी वढाउछौ ।’
वालिकाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ । नहल्लिएको दाँत निकालेपछी पिडामा रहेकी नित्यालाई तत्काल नजिकैको अस्पताल पुर्याएर चिकित्सकको सल्लाह लिएको हजुरवुवा कार्कीले बताए । उनलाई अस्पतालका चिकित्सकहरुले औषधी लेखेर दिएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको कार्कीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
निःशुल्क स्वास्थ्य शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
मंसिर १७, २०८१ सोमबार
नसर्ने रोग नियन्त्रणका लागि प्रत्येक वर्ष एकमहिने परीक्षण अभियान सञ्चालन गरिने
मंसिर १६, २०८१ आइतबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार