चोरीको मोटरसाईकलसहित तीन जना पक्राउ
नेपालबहस संवाददाता
असोज ३०, २०८१ बुधबार १३:१४:२३
सञ्जय मिश्रा
३० असोज, रौतहट । रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाईकलसहित ३ जना चोर पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अबैध भारतीय सामान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाईकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।
गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३-०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाईकल सहित सोही ठाउँका १९ बर्षीय धीरज साह पक्राउ परेका छन् ।
त्यस्तै गत २२ गते माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाईकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का १९ बर्षको श्याम महतो पक्राउ एको छ । त्यसैगरी गत २६ गते शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरियाका २१ बर्षको मन्दिप भन्ने मन्दित यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट चोरीको उक्त तीनवटै मोटरसाईकल सहित तीनैजना चोर लाई पक्राउ गरिएको डिएसपी राजन कार्कीले बताएका छन्। तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डिएसपी कार्किले जानकारी दिएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार
सुनसरीमा सरकारी नम्बर प्लेट राखेको गाडीबाट एक व्यक्तिसहित ६९० किलो गाँजा बरामद गरियो
मंसिर १९, २०८१ बुधबार
नक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
मंसिर १९, २०८१ बुधबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा र रानी शुक्रबार बिहान नेपाल आउने
मंसिर १९, २०८१ बुधबार
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा ‘छापामार’ शैलीको हस्ताक्षर
मंसिर १९, २०८१ बुधबार
विवाहपञ्चमी महामहोत्सवको चौथो दिन तिलकोत्सव विधि सम्पन्न
मंसिर १९, २०८१ बुधबार
‘विद्यालय शिक्षा ऐन ल्याउन जरूरी छ’
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरको परिणामले कांग्रेस सुदृढ हुँदैछ भन्ने सन्देश दिएको छ: प्रकाशमान सिंह
मंसिर १९, २०८१ बुधबार
प्रधानमन्त्रीबाट सङ्ग्रहालयको अवलोकन
मंसिर १९, २०८१ बुधबार
नुवाकोटबाट लागूऔषधसहित दुई जना पक्राउ
मंसिर १९, २०८१ बुधबार