बुद्ध एयरको माउन्टेन फ्लाइट, ३५ यात्रु बोकेर १५ मिनेट उठाएपछि आकस्मिक अवतरण
नेपालबहस संवाददाता
कात्तिक १, २०८१ बिहिबार १०:५१:११
१ कात्तिक, काठमाडौं । माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाजको इन्जिनमा समस्या देखिएपछि आकस्मिक अवतरण गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज एउटा इञ्जिनमा समस्या देखिएपछि अवतरण गरेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले जानकारी दिए ।
जहाजमा ३५ यात्रु सवार थिए । ती यात्रुलाई अर्को दिन आजकै भाडामा पुनः माउन्टेन फ्ल्याइट गराइने र माउन्टेन फ्लाइटमा जान नचाहने यात्रुको पैसा फिर्ता गरिने बुद्ध एयरले जनाएको छ । बिहीबार बिहान माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा आकस्मिक अवतरण गरेको हो ।
बुद्ध एयरका अनसाार बिहान साढे ६ बजे उडान नम्बर १०० नाइन एन एजेएस जहाजको इन्जिनमा प्राविधिक समस्या देखिएको हो । इन्जिनमा प्राविधिक समस्या देखिएपछि जहाजलाई डाईभर्ट गरि काठमाडौं विमानस्थलमा सुरक्षित अवतरण गरिएको बुद्ध एयरले जनाएको छ ।
बिहान साढे ६ बजे माउन्टेन प्लाइटका लागि उडेको जहाज झण्डै १५ मिनेटपछि सुरक्षित अवतरण गरेको बुद्ध एयरका प्रवक्ता दिपेन्द्र कर्णले जानकारी दिए । हिमाल नै नदेखिएपछि काठमाडौँ फर्किंदै गर्दा जहाजको दायाँ इन्जिनको इन्डिकेटरमा केही संकेत देखिएको उनले बताए । माउन्टेन फ्लाइटको क्रममा नभएर हिमाल नदेखिएपछि काठमाडौँ फर्किंने क्रममा जहाजको इन्जिनमा पनि समस्या रहेको देखिएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
‘मिल्क होलिडे’ हुनबाट रोक्दै चितवनका दुग्ध उद्योग
माघ १८, २०८१ शुक्रबार
हेलिकोप्टरसँग ठोक्किएर अमेरिकमा ६४ जना यात्रु सवार विमान दुर्घटना
माघ १७, २०८१ बिहिबार
होमस्टे प्रवर्द्धनमा इच्छाकामना
माघ २२, २०८१ मंगलबार
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
माघ २२, २०८१ मंगलबार
क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित
माघ २२, २०८१ मंगलबार
देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने
माघ २२, २०८१ मंगलबार
महोत्तरीमा अज्ञात रोगले भैँसी धमाधम मर्न थालेपछि किसान चिन्तित
माघ २२, २०८१ मंगलबार
नेपालमा क्यान्सरबाट १६ हजार बढीको मृत्यु, प्रारम्भिक चरणमा पहिचान भए निर्मूल हुने
माघ २२, २०८१ मंगलबार