देशैभर अहिले हावाहुरीसहित बर्षा, सर्तकता अपनाउन आग्रह !
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार १७:१८:४८
काठमाडौं । देशभर आज हावाहुरी र मेघ गर्जनसहितको वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज भारतको ओडिसा तटिय क्षेत्रमा भित्रिने फानीको प्रभाव नेपालमा सोझै नभित्रिए पनि मौसमी उतारचढाव भने रहने बताउँदै महाशाखाले बुलेटिन जारी गरेको छ ।
अहिले काठमाडौं आसपासका क्षेत्रमा कहि कतै छिटफुट बर्षा लगायत आकाश मडारिएको छ । मौसमविद्का अनुसार जुन सुकै बेला पनि मेघ गर्जनसहित हावाहुरी आउन सक्ने अनुमान गरिएकोले सर्तकता अपनाउन आग्रह गरिएको छ ।
भारतको पूर्वीय तटवर्ती क्षेत्रबाट सामुद्रिक आँधी करिव २ सय किलोमिटर प्रतिघण्टाको गतिमा आउन लागेको अनुमान मौसमविद्ले गरेका छन् । ‘फानी’ नामक यस सामुद्रिक आँधीका कारण शुक्रबार अपराह्नमा हिन्दुको तीर्थस्थल जगन्नाथपुरी नजिकै भूस्खलन हुने पनि अनुमान समेत गरिएको छ ।
हाल बंगालको खाडीबाट उक्त समुद्री आँधी झण्डै २ सय किलोमिटर प्रतिघण्टाको वेगमा भारतको उडिसा राज्यतिर बढिरहेको छ । फानीले शुक्रवार जमिनमा प्रहार गर्ने अनुमान गरिएको छ ।
त्यो उडिसाको तट हुँदै बंगलादेशतर्फ लाग्ने बताइएको छ । उक्त समुद्री आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बंगलादेशतिर जाँदा त्यसको केही प्रभाव नेपालमा पर्न सक्ने संम्भावना रहेको छ ।
करिब १ हजार विद्यालय र सरकारी भवनमा १० लाखभन्दा बढी व्यक्तिलाई शरण दिइएको छ । छिमेकमा पर्ने राज्य आन्ध्र प्रदेश र तमिलनाडुलाई पनि आँधीले प्रभावित पार्न सक्ने अनुमान गरिएको छ । त्यसैले ती क्षेत्रमा उच्च सतर्कतामा राखिएको छ ।
भारतको पूर्वी र दक्षिणपूर्वी क्षेत्रमा अप्रिलबाट डिसेम्बरसम्म प्रायः आँधीले सताउने गरेको हुन्छ । सन् २०१७ मा तमिलनाडु र केरला राज्यमा आएको सामुद्रिक आँधी ओक्खीले करिब २ सय ५० व्यक्तिले ज्यान गुमाएका थिए । त्यस्तै ६ सय व्यक्ति बेपत्ता भएका थिए ।
यो पनि:
चक्रवात ‘फानी’को प्रभावले आज देशैभर हावाहुरी र मेघ गर्जनसहितको वर्षा !
आँधीको डरले ८ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपआन्तरिक लोकतन्त्र चिरहरण भएकोमा एमाले नेतृत्वमाथि प्रश्न
पुष २२, २०८१ सोमबार
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुनरागमन गर्ने सोचलाई बैधता दिन कति तयार छन ओली ?
पुष १९, २०८१ शुक्रबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार
मुद्रास्फीति ६ प्रतिशत नाघ्यो, खाद्य वस्तुको मूल्यवृद्धि उच्च
पुष २६, २०८१ शुक्रबार