सुडानमा ३० लाख भन्दा बढी मानिसहरू हैजाको जोखिममा
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार १८:२४:१९
३ कात्तिक, काठमाडौं । संयुक्त राष्टसङ्घीय बाल कोष 'युनिसेफ' ले शुक्रबार सुडानमा ३० लाखभन्दा बढी मानिसहरू हैजाको जोखिममा रहेको जनाएको छ ।
युनिसेफले पाँच वर्ष मुनिका छ लाख बालबालिकासहित करीब ३० लाख मानिसहरू हैजाको जोखिममा रहेको सामाजिक सञ्जाल एक्स मार्फत जनाएको हो ।
युनिसेफका अनुसार सुडानमा सन् २०२३ अप्रिलमा भएको आन्तरिक द्वन्द्वका कारण अत्यावश्यक खोपको उपलब्धता ८५ प्रतिशतबाट घटेर करिब ५० प्रतिशतमा झरेको छ ।
द्वन्द्व प्रभावित क्षेत्रका ७० प्रतिशतभन्दा बढी अस्पतालहरु बन्द रहेको तथा अग्रपङ्क्तीमा रहेर स्वास्थ्य सेवा प्रधान गर्ने स्वास्थ्य अधिकारीलाई महिनौँ देखि तलव भुक्तानी नगरिएको यसनिसेफले जनाएको छ ।
आन्तरिक द्वन्द्व सुरु भएदेखि हैजा, मलेरिया, र डेङ्गु ज्वरोजस्ता महामारी रोगहरू फैलिदा सयौँको मृत्यु भएको छ ।
सुडानको स्वास्थ्य मन्त्रालयले अगस्टमा देशमा हैजाको प्रकोप घोषणा गर्दै द्वन्द्व र अशुद्ध पानीको प्रयोग तथा बिग्रिँदो वातावरणीय अवस्था हैजा फैलावटको कारण भनेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वास्थ्य बिमाअन्तर्गत छरिएका कार्यक्रमलाई एकीकृत गर्नुपर्ने कार्यदलको सुझाव
माघ १९, २०८१ शनिबार
झापामा ६ बालबालिकासहित ६६ जना नयाँ कुष्ठरोगी
माघ १९, २०८१ शनिबार
महोत्तरीका क्षयरोगीलाई पोषणयुक्त खाद्य सहयोग
माघ १९, २०८१ शनिबार
ढिस्कोमा पुरिएर एकजनाको मृत्यु
माघ १९, २०८१ शनिबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
अर्थमन्त्रीको दावी, निर्माण व्यवसायीको पैसा तिरिसक्यौँ
माघ २०, २०८१ आइतबार
जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा उपत्यकाको आकाश प्रदूषित
माघ २०, २०८१ आइतबार
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
माघ २०, २०८१ आइतबार
के यो बियोन्सेको समय हो ? सङगीतका ए–लिस्टरहरू ग्रामीका लागि तयार
माघ २०, २०८१ आइतबार