तनहुँ जलविद्युत् आयोजनाको आधा काम सकियो
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १०:१३:४०
४ कात्तिक, दमौली (तनहुँ) । निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ । तीन ‘प्याकेज’मा काम जारी छ भने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ । प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरा भएको छ ।
आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ ।
प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाढीले क्षति पुर्याएको खिम्ती–लामोसाँघु प्रसारण लाइन सञ्चालनमा ल्याइँदै
कात्तिक ४, २०८१ आइतबार
जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार
कात्तिक १, २०८१ बिहिबार
खानेपानी आयोजनामा भएका क्षतिबारे अध्ययन गरिने
असोज २८, २०८१ सोमबार
प्रचण्डको सूचनामा रास्वापाको हाइअलर्ट : रवि ३४ दिन थुनामा रहनसक्ने
नेपालबहस संवाददाता
कात्तिक ३, २०८१ शनिबार
अब के गर्छन सभामुख, के हुन्छ लामिछानेको सांसद पद
नेपालबहस संवाददाता
कात्तिक २, २०८१ शुक्रबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
कात्तिक ४, २०८१ आइतबार
हिरासतमा सर्वसाधारण र भीआईपीमा भेदभावः अदालत लैजाँदा रवि लामिछानेलाई लगाइएन हतकडी
कात्तिक ४, २०८१ आइतबार
रवि लामिछानेमाथि कडा कारवाहीको माग गर्दै पोखरामा सहकारी पीडितको प्रदर्शन
कात्तिक ४, २०८१ आइतबार
हिजबुल्लाहद्वारा आइतबार दिनभरमा इजरायलमाथि १०० क्षेप्यास्त्र प्रहार
कात्तिक ४, २०८१ आइतबार
तीनवटै विमान उडानमा छन्ः वायुसेवा निगम
कात्तिक ४, २०८१ आइतबार
सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान तथा अभियोजन प्रक्रियालाइ तीव्र पारिने
कात्तिक ४, २०८१ आइतबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
कात्तिक ४, २०८१ आइतबार
साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश
कात्तिक ४, २०८१ आइतबार