सशस्त्र बीओपी मटिहानी तस्करी नियन्त्रणमा सक्रिय, दुई साता मै १६ लाख स्रोत नखुलेको रकम बरामद
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार १८:४३:५३
♦जगन्नाथ साह सोनीबाट
४ कात्तिक, महोत्तरी । सशस्त्र प्रहरी बल बीओपी मटिहानीले स्रोत नखुलेको ६ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । गत कात्तिक २ गते शुक्रबार साँझ ४ बजेर ३५ मिनेटको समयमा महोत्तरी जिल्लाको सीमावर्ती नगरपालिका मटिहानी वडा नं. २ धिरापुर चेकपोइन्टमा बसेको सशस्त्र प्रहरीको बीओपी मटिहानीको टोलीले उक्त रकम बरामद गरेको हो ।
बीओपी मटिहानीका सशस्त्र प्रहरी नायव निरीक्षक डोरबहादुर श्रेष्ठको कमाण्डमा खटिएको चेकजाँच टोलीले भारतबाट जनकपुर तर्फ आउँदै गरेको साइकल रोकी चेकजाँच गर्दा भारतको मधुवनी मधवापुर ग्राम पञ्चायत ४ चट्टीटोल घर भएका ३१ वर्षीय सुमित कुमार साहको रातो रंगको झोला खोली हेर्दा एक हजार दरका ६०० गोटा ६ बण्डलमा रहेको ६ लाख नेपाली रुपैयाँ बरामद गरेको हो ।
यसअघि गत असोज १७ गते पनि मटिहानी नगरपालिका वडा नं. ७ स्थित नं. २ बोर्डर सीमा इलाकाबाट १० लाख स्रोत नखुलेको नेपाली रुपैयाँ बरामद गरेको थियो । बीओपी मटिहानीबाट खटिएका सशस्त्र प्रहरी वरिष्ठ हबल्दार गगन डाँगीको ५ जनाको चेक प्वाईन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको जिल्ला महोतरी एकडाँडा गा.पा.४ बस्ने बर्ष २३ का ललित महराले ज.७.प. ७६२८ नं.को मोटरसाइकलमा राखी उक्त रकम ल्याउँदै गरेका थिए ।
मटिहानीले स्रोत नखुलेको एक हजार दरको दश लाख नगद नेपाली रुपैयाँ र मो.सा मूल्य एक लाख गरी जम्मा मूल्य ११ लाख तथा व्यक्ति र सवारी साधनसहित नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार
मधेश प्रदेश सरकारले फिर्ता लियो भाषा विधेयक
माघ ११, २०८१ शुक्रबार
एक महिना पछि कटहरिया नगरपालिकाको ताला खुल्याे
माघ ११, २०८१ शुक्रबार
महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना घाइते
माघ १९, २०८१ शनिबार
केबलकार निर्माणविरुद्धको आन्दोलनः अरुण पूर्वका ९ जिल्ला बन्द, यातायात ठप्प
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार
टाइगर कप भलिबल : पुरुषतर्फको उपाधि पुलिस क्लबलाई
माघ २०, २०८१ आइतबार
सहकारी ठगीको आरोपमा पक्राउ परेका जिसस प्रमुखविरुद्ध ३ दिन म्याद थप
माघ २०, २०८१ आइतबार
आचारसंहिता उल्लंघन गर्ने एकदर्जन बढी सञ्चारमाध्यमलाई कारबाही
माघ २०, २०८१ आइतबार
अर्जुन ट्रफी क्रिकेटः धनगढीको पहिलो जित
माघ २०, २०८१ आइतबार
प्रदर्शनरत चलचित्र ‘एक्टर: टेक वन’को गीत ‘जिन्दगी रेल’ सार्वजनिक
माघ २०, २०८१ आइतबार