‘रारा रिसोर्ट’को निर्माण प्रक्रिया अघि बढ्यो, पहिलो चरणमा ७० करोड लगानी हुने
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार ११:१४:५२
६ कार्तिक, काठमाडौं । रारा होल्डिङ्स रिसोर्ट प्रालिले मुगुको छाँयानाथ रारा नगरपालिका–९ मुर्माटपमा बनाउन लागेको रारा रिसोर्टको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले प्रारम्भिक वातावरणीय अध्ययन (आइईई) स्वीकृति गरेको छ ।
काठमाडौंमा भएको तेस्रो नेपाल लगानी सम्मेलनमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुप र नेपालको रारा होल्डिङ्स प्रालिबीच यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।
विभागले १९ भवनमा ६२ कोठा र ९८ शय्या क्षमता रहने रारा रिसोर्टको निर्माण तथा सञ्चालन गर्ने प्रयोजनार्थ वातावरण संरक्षण ऐन, २०७६ तथा वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम पेस गरेको प्रारम्भिक वातावरणीय अध्ययन आइईईको प्रतिवेदन स्वीकृत गरेको जनाएको छ । विभागले आइईई अनुमति दिएसँगै रारा रिसोर्ट निर्माण प्रक्रिया अघि बढेको हो ।
विभागले वातावरणीय अध्ययन स्वमूल्याङ्कन छ–छ महिनामा पेस गर्नुपर्ने उल्लेख गरेको छ । मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने लक्जरी रिसोर्टमा पहिलो चरणमा रु ७० करोड लगानी हुनेछ । रिसोर्ट वातावरणमैत्री र स्थानीय संस्कृति झल्किने नेपाली ढाँचामा निर्माण गरिने र स्थानीयस्तरमा उपलब्ध स्रोत तथा साधनको अधिकतम् प्रयोग हुने रारा होल्डिङ्स प्रालिका अभिषेकविक्रम शाहले बताए । शाहका अनुसार अब छिट्टै नै रिसोर्टको औपचारिक शिलान्यास गर्दै निर्माणलाई तीव्रता दिइने जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोटल बराही काठमाडौंलाई ‘टफ्ट टाइगर’द्वारा इको फुटप्रिन्ट प्रमाणपत्र
माघ ६, २०८१ आइतबार
पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता
माघ २, २०८१ बुधबार
होटल उद्योगमा साढे ५ खर्ब स्थायी लगानी
पुष १८, २०८१ बिहिबार
अज्ञान, उत्तेजना र दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओली
माघ २१, २०८१ सोमबार
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
माघ २१, २०८१ सोमबार
राष्ट्रपतिद्वारा वसन्तपुरमा वसन्त श्रवणः तस्बिरहरू
माघ २१, २०८१ सोमबार
नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै
माघ २१, २०८१ सोमबार
विधायन व्यवस्थापन समितिको बैठक बस्दै
माघ २१, २०८१ सोमबार