जुवातास खेलिरहेको अवस्थामा ३९ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १३:४:५७
६ कार्तिक, काठमाडौं । प्रहरीले विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३९ जनालाई पक्राउ गरेको छ ।
जसमा काठमाडौँको टोखा नगरपालिका-३ धनेश्वर डेरा गरी बस्ने नुवाकोट म्यागङ गाउँपालिका-९ घर भएकी ४४ वर्षीया फुलमाया तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा फुल माया समेत ९ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ उषाटोल बस्ने ६० वर्षीय शरद लामिछानेको घरमा जुवातास खेलिरहेको अवस्थामा लामिछाने समेत १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७० हजार ६ सय ६० रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
बाँके, राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगंज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार रूपैयाँ र १४ बुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रिप्टो कारोबारीसँग ५० लाख असुली आरोपमा दुई प्रहरीसहित तीन जनाविरुद्ध मुद्दा दायर
कात्तिक ६, २०८१ मंगलबार
स्रोत नखुलेको भारतीय नगदसहित दुई जना पक्राउ
कात्तिक ६, २०८१ मंगलबार
खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ
कात्तिक ५, २०८१ सोमबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउन नसकेपछि मन्त्रिपरिषद् बैठक स्थगित, देउवाले देखाए शेखर
कात्तिक ५, २०८१ सोमबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
मौरी चरनका लागि सहजीकरण गरिदिन सरोकारवाला निकायसँग अनुरोध
कात्तिक ६, २०८१ मंगलबार
अफगानिस्तानमा विस्फोट हुँदा तीनजनाको मृत्यु, तीन घाइते
कात्तिक ६, २०८१ मंगलबार
प्यालेस्टिनी क्षेत्रमा गरिबीको दर उच्च
कात्तिक ६, २०८१ मंगलबार
सभामुखसँग सभापतिको गुनासोः चिया र नास्ता नभए सांसद नआउने, कोरम नपुग्दा विधेयक पास नहुने
कात्तिक ६, २०८१ मंगलबार
वीरगञ्जको क्रिकेट मैदानमा अन्तर्राष्ट्रियस्तरकै पिच बन्ने
कात्तिक ६, २०८१ मंगलबार
ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र
कात्तिक ६, २०८१ मंगलबार