दयाहाङ अभिनित फिल्म ‘राजागञ्ज’ चैत १ गतेदेखि प्रदर्शन गरिने
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार १४:४०:१६
६ कार्तिक, काठमाडौं । अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘राजागञ्ज’को प्रदर्शन मिति घोषणा गरिएको छ । यसै साता मुम्बई फिल्म फेस्टिभलमा स्क्रिनिङ भएको फिल्मलाई आगामी चैत १ गते प्रदर्शन गरिने निर्माण कम्पनी आदि फिल्म्सले जनाएको छ । फागु पूर्णिमाको अवसरमा फिल्म रिलिज हुन लागेको हो ।
नेपालमा ‘राजागञ्ज’ नाममा फिल्म प्रदर्शन हुने भए पनि विदेशका फेस्टिभलहरुमा ‘पूजा, सर’ शीर्षकमा स्क्रिनिङ हुँदै आएको छ । फिल्मको निर्मातामा दयाहाङ राई, रामबाबु गुरुङ लगायत छन् भने कार्यकारी निर्माताको रुपमा बलिउडका प्रसिद्ध निर्माता निर्देशक अनुराग कश्यप पनि जोडिएका छन् ।
फिल्मलाई दीपक रौनियारले निर्देशन गरेका हुन् । उनका अघिल्ला दुई फिल्म ‘हाइवे’ र ‘ह्वाइट सन’ समीक्षात्मक रुपमा अब्बल ठहरिएका थिए । सन् २०१७ मा चर्चित अमेरिकी अखबार न्यूयोर्क टाइम्सले दीपकलाई हेर्नै पर्ने विश्वका ९ निर्देशकहरुको सूचीमा राखेको थियो । उनले विश्व प्रतिष्ठित लोकार्नो, सिड्नी जस्ता फेस्टिभलमा जुरीको भूमिका समेत निभाइसकेका छन् ।
यो फिल्मको फ्रान्स, जर्मनी, स्विजरल्यान्ड, बेलायत, आयरल्यान्ड जस्ता देशका लागि महंगो मूल्यमा प्रदर्शन अधिकार बिक्री भइसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार