वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान
नेपालबहस संवाददाता
कात्तिक ७, २०८१ बुधबार २१:४:३२
७ कात्तिक, जलेश्वर (महोत्तरी) । यहाँस्थित रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपी दुई जनालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।जिल्लाकै औरही नगरपालिका–७ बस्ने सञ्जीव झा र दिलीप मण्डललाई ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि जलेश्वर कारागार चलान गरिएको जिल्ला अदालतका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिए ।
जिल्ला न्यायाधीश नवराज दुलालको ईजलाशले ज्यानसम्बन्धी कसुरमा पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत भदौ ९ गते बिहान वडाध्यक्ष यादवको शव निज सवार ल.प्र.०१–००१प.६३६२ नम्बरको मोटरसाइकलसहित बर्दिबास नगरपालिका–८ स्थित बर्दिबास– औरही सडकखण्डमा कल्भर्टमुनि दुर्घटना भएजस्तो अवस्थामा फेला परेको थियो ।
नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मुकेशको दुर्घटना नभएर हत्या गरिएको भन्दै पार्टीका नेता कार्यकर्ताले जिल्लादेखि केन्द्रसम्म विभिन्न दबाबमूलक कार्यक्रम गरेपछि घटनाको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जाँच गर्नुका साथै हत्या आरोपमा सञ्जीव र दिलीपलाई पक्राउ गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र बीओपी मटिहानी तस्करी नियन्त्रणमा सक्रिय, दुई साता मै १६ लाख स्रोत नखुलेको रकम बरामद
कात्तिक ४, २०८१ आइतबार
मैथिली विकास कोषको निर्माणाधीन भवनको मुख्यमन्त्री सिँहद्वारा निरीक्षण
कात्तिक १, २०८१ बिहिबार
भारतीय फिल्मी शैलीमा आए, गिरीमाथि आक्रमण गरे
असोज ३०, २०८१ बुधबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कुसुम सेञ्चुरी
कात्तिक ७, २०८१ बुधबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
रविलाई भैरहवा लगिँदै, जोशीलाई पुनः कास्की ल्याइँदै, अनुसन्धान थप फराकिलो बन्दै
कात्तिक ७, २०८१ बुधबार
सवारी चालकमाथि ट्राफिक प्रहरीले गैरकानूनी काम गरी दुःख दिएको भन्दै सर्वोच्चमा रिट दायर
कात्तिक ७, २०८१ बुधबार
सीडीओ र एसपीलाई तानियो, कमाण्ड कन्ट्रोल गर्न नसकेको आरोप
कात्तिक ७, २०८१ बुधबार
प्रहरीले म्याद थप्ने भएपछि बयान नसकी उठ्ने रविको बठ्याई
कात्तिक ७, २०८१ बुधबार
रुसमा मोदी र जिनपिङबीच भेटवार्ता
कात्तिक ७, २०८१ बुधबार
टर्कीको एयरोस्पेस कम्पनिमा हमला, चार जनाको मृत्यु
कात्तिक ७, २०८१ बुधबार
कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित
कात्तिक ७, २०८१ बुधबार
वडाध्यक्ष यादव हत्याका दुई आरोपी जेल चलान
कात्तिक ७, २०८१ बुधबार