सुप्रिमबाट गोर्खा मिडियामा आएको १४ करोड २९ लाखमध्ये रवि र छविको नाममा ४ करोड ५० लाख
नेपालबहस संवाददाता
कात्तिक ९, २०८१ शुक्रबार १०:५७:५३
९ कात्तिक, बुटवल । पोखराको सुर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको बुटवलको सुप्रिम सहकारी ठगी मुद्दा पनि सँगसँगै अगाडि बढ्ने भएको छ । सुप्रिम सहकारीको रकम अपचलन बारे पनि तिनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।
बुटवलको सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ गोर्खा मिडियामा गएको सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख छ भने उक्त मिडियाको पूर्वउपाध्यक्ष रहेका जोशीको नामबाट २ करोड ५० लाख रुपैयाँ र रविको नामबाट २ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिएको छ । गोर्खा मिडिया नेटवर्कले ११ फागुन २०७७ मा ग्यालेक्सी टीभी सञ्चालनमा ल्याएको थियो ।
गोर्खा मिडिया नेटवर्कमा सुरुमा गितेन्द्रबाबु राई र छविलाल जोशी शेयर सदस्य थिए । त्यस बेला राई र जोशीको समान २ लाख ५० हजार कित्ता शेयर थियो । टीभी सञ्चालनमा आएको वर्ष दिन नपुग्दै ७ पुस २०७८ मा लामिछाने १ लाख ८० हजार कित्ता शेयरसहित प्रबन्ध निर्देशक बनेका थिए । त्यो बेला राईसँग ८० प्रतिशत (१० लाख २० हजार कित्ता) र रविसँग १५ प्रतिशत शेयर थियो । त्यस्तै कुमार रम्तेल, भूपेन्द्रबाबु राईलगायतको पनि शेयर रहेको थियो ।
सुप्रिम सहकारीको रकम गैर कानुनी रूपमा सारिएको विषयमा जोशीसँग यसअघि नै रुपन्देहीमा दुई दिन बयान लिएर पोखरा पठाइएको छ । रवि अहिले पोखरामा सूर्य दर्शन सहकारीको रकम ठगीमा अनुसन्धानमा छन् । उनलाई प्रहरीले छिट्टै रुपन्देही ल्याएर सुप्रिम सहकारी विषयमा अनुसन्धान गर्ने तयारीमा प्रहरी छ । सुप्रिम सहकारीको रकम ठगीबारे छानबिन गर्न ४० जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
सहकारीका १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ७ करोड रकममध्ये ७८ करोड रकम अपचलन भएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो । गत वैशाख ३ गते प्रहरीले सहकारीको रकम ठगी गर्ने २८ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । बिहीबार रवि लामिछाने, छविलाल जोशी सहित १२ जनालाई जिल्ला अदालत रुपन्देहीबाट अनुसन्धानको लागि पक्राउ पुर्जी जारी भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज बयान नसकिने भएपछि रविलाई हिरासत फर्काइयो
मंसिर १८, २०८१ मंगलबार
साहरा चितवन सहकारीको रकम अपचलन सम्बन्धमा सरकारी वकिल कार्यालयमा रविको बयान सुरु
मंसिर १८, २०८१ मंगलबार
रवि लामिछानेलाई चितवन लगियो, समर्थकको नाराबाजी
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार