बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १६ उद्योगको विद्युत लाइन काटियो
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार २२:१८:२८
११ कार्तिक, रुपन्देही । नेपाल विद्युत प्राधिकरणले बुटवल–भैरहवा औद्योगिक कोरिडोरका १६ उद्योगको विद्युत लाइन काटेको छ ।
महसुल नतिरेको भन्दै प्राधिकरणले यस क्षेत्रका १६ उद्योगको विद्युत लाइन काटेको हो । प्राधिकरणले विद्युत लाइन काटेपछि रुपन्देही उद्योग संघले उद्योगी व्यवसायीहरूलाई त्रसित बनाएको भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै संघले प्राधिकरणले बिना कुनै कानुनी आधार नेपाल बिद्युत् प्राधिकरणले जबरजस्ती डेडिकेटेड तथा ट्रंक लाइन उपभोग गरेको भनि एकतर्फी रुपमा ठहर गरी उद्योगहरूको बिद्युत् लाइन काटेर उद्योगी व्यवसायीहरूलाई त्रसित बनाएको आरोप लगाएको छ ।
रुपन्देही उद्योग संघले भनेको छ– बिना कुनै कानुनी आधार नेपाल बिद्युत् प्राधिकरणले जबरजस्ती डेडिकेटेड तथा ट्रंक लाइन उपभोग गरेको भनि एकतर्फी रुपमा ठहर गरी उद्योगहरूको बिद्युत् लाइन काटेर उद्योगी व्यवसायीहरूलाई त्रसित बनाएकोमा रुपन्देही उद्योग संघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्राधिकरणले मध्यरातमा उद्योगीहरुलाई तर्साउने गरी जिल्लामा ३३ केभीए विद्युतबाट संचालित १६ वटा उद्योगहरूको लाइन काटेर अहिलेको संकटमा अडिएका उद्योगीलाई झन धरासायी बनाउनेतर्फ प्राधिकरणद्वारा गरिएको गतिविधिलाई सच्याउन, उद्योग मैत्री वातावरण बनाउन र उद्योगहरुमा काटिएको विद्युत तत्कालै निःशर्त जडान गरी लाल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याई सधैंको लागि विवाद समाधानका गर्न रुपन्देही उद्योग संघ माग गर्दछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचार सय केभी बाह्रबिसे सबस्टेसन निर्माण तीव्र गतिमा
मंसिर १६, २०८१ आइतबार
मर्मतसम्भारको अभावमा वायु ऊर्जा उत्पादन ठप्प
मंसिर १६, २०८१ आइतबार
दुई अर्ब ६३ करोड लागतमा सुपर काबेलीको निर्माण सम्पन्न
मंसिर १५, २०८१ शनिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार