अख्तियारको निरन्तर निगरानीमा वीरगञ्जको ट्रायल सेन्टर
आबिद हुसेन
कात्तिक ११, २०८१ आइतबार १६:०:०
११ कात्तिक, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्सा जिल्लाको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय अन्तर्गत ट्रायल सेन्टरमा लगातार दोस्रो दिन पनि अनुगमन तथा निरीक्षण कार्यलाई निरन्तरता दिएको छ ।
हेटौडा कार्यालयबाट खटिएको यो टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर २३, प्रसौनी विर्तास्थित ट्रायल सेन्टरमा सम्भावित अनियमितता नियन्त्रणका लागि निगरानी गरिरहेको छ । तीन महिनासम्म अवरुद्ध रहेको ट्रायल प्रक्रिया शनिबारदेखि पुनः सुरु भएको हो ।
सवारी चालक अनुमतिपत्रका लागि कार्तिक ४ गते सूचना जारी गरिएपछि ९ गते शुक्रवार लिखित परीक्षा सञ्चालन भएको थियो भने शनिबार र आइतबार मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा र ई–रिक्सा आदिको ट्रायल परीक्षा लिइएको थियो । अख्तियारका प्रहरी निरीक्षक बिमल गिरीको नेतृत्वमा आएको टोलीले ट्रायल प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउने उद्देश्यले सबै गतिविधिहरूमा प्रत्यक्ष निगरानी गरिरहेको छ । टोलीले परीक्षा प्रक्रियामा सहभागिता जनाउनेहरूमा कुनै पनि त्रुटि र अनियमितता हुन नदिन गहन अवलोकन गरिरहेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले सेवाग्राहीहरूबाट प्राप्त उजुरी र गुनासोको आधारमा यो अनुगमन गरिएको बताए । उनका अनुसार सेवाग्राहीहरुले विभिन्न कठिनाइ र समस्या भोग्नुपरेको जनगुनासो आउने बित्तिकै अख्तियारले यसरी निगरानी गर्ने दायित्व पुरा गर्ने गरेको छ । आचार्यले यस प्रकारको अनुगमनले सेवाग्राहीका गुनासो समाधान गर्न र सेवाको गुणस्तरमा सुधार गर्न मद्दत पुग्ने बताए ।
अख्तियारको अनुगमनबाट ट्रायल सेन्टरमा आएका सेवाग्राहीहरुले सेवा प्रक्रियामा बढी विश्वासको महसुस गरेका छन् भने कार्यालयका कर्मचारीहरूलाई उत्तरदायी बनाउन पनि सहयोग पुगेको छ ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार