लागूऔषधसहित ७ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १२, २०८१ सोमबार १३:३:०
१२ कात्तिक, दाङ । तुलसीपुर उपमहानगरपालिका-८ दुधयानाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६ सय ९० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-८ बस्ने ५३ वर्षीया तिल कुमारी बिश्वकर्मालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई ३ सय ५० ट्याब्लेट सहित पक्राउ गरेको थियो । साथै अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा घरमा लुकाई छिपाई राखेको थप २ हजार ३ सय ४० ट्याब्लेट फेला परेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नियन्त्रित लागूऔषध नाइट्राजेपाम १० ट्याब्लेट सहित संखुवासभा चैनपुर नगरपालिका-१ बस्ने २० वर्षीय सन्तोष शेर्पालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-६ स्थित सेरा पुल नजिकै जंगलबाट अवैध लागूऔषध गाँजा २० किलोग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सागुरगढी गाउँपालिका-१ बस्ने ३२ वर्षीय बुद्धराज लिम्बु र ३० वर्षीय महा प्रसाद लिम्बु रहेका छन् ।
प्रहरी चौकी पानमारीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ जाँदै गरेको को।३२ प १७५० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ३ सय ८० मिलिग्राम सहित अछाम चौरपाटी गाउँपालिका-१ घर भई धनगढी उपमहानगरपालिका-४ स्थित प्रियंका होटल संचालन गरी बस्ने ३६ वर्षीय विजय साउँदलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, मनहरी गाउँपालिका-६ प्रतापुर बस्ने ५६ वर्षीय भक्त बहादुर राईलाई अवैध लागूऔषध गाँजा ४१ किलोग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखिएको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंक बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने १७ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली सुन देखाइ ठगी गर्ने छ जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
५८ किलोग्राम गाँजासहित सुनसरीमा एक जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमणः मूल एजेन्डा छाडेर चर्चामा पर्छ भैंसी
मंसिर १८, २०८१ मंगलबार
सशस्त्र मातहतका बीओपीहरुले बदमासी गर्न थालेपछि छड्के जाँच शुरु
मंसिर १८, २०८१ मंगलबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
मंसिर १८, २०८१ मंगलबार
टोकियोमा सरकारी कर्मचारीका लागि हप्तामा तीन दिन बिदा
मंसिर १९, २०८१ बुधबार
पहिलो खेलमा जितपछि उत्साहित करण भन्छन् “चौका भन्दा छक्का हान्न मनपर्छ”
मंसिर १९, २०८१ बुधबार
विद्युतीय तार भूमिगत गरिँदै
मंसिर १९, २०८१ बुधबार
राष्ट्रिय प्रसारणमा जोडियो सुपर काबेलीको विजुली
मंसिर १९, २०८१ बुधबार
जनकपुरधाम नगरक्षेत्रमा आजदेखि मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक
मंसिर १९, २०८१ बुधबार
धौलागिरि अस्पतालमा दुई वर्षयता सात सय शल्यक्रिया
मंसिर १९, २०८१ बुधबार