वीरगञ्जमा तीन दिनदेखि अख्तियारको निगरानीमा ट्रायल
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार १७:२६:१५
१२ कात्तिक, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले तीन दिनदेखि वीरगञ्जको ट्रायल सेन्टरमा निगरानी राखिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले लगातार तीन दिनदेखि वीरगञ्ज महानगरपालिका वडा नम्बर २३, प्रसौनी विर्तास्थित यातायात व्यवस्था कार्यालय अन्तर्गतको ट्रायल सेन्टरमा कडा निगरानी गरिरहेको छ ।
शनिवारदेखि तीन महिनापछि पुनः सुरु भएको सवारी चालक अनुमतिपत्रको ट्रायल प्रक्रियामा अख्तियारका प्रहरी निरीक्षक बिमल गिरीको नेतृत्वमा टोलीले सहभागीता जनाउँदै नियम र पारदर्शितामा विशेष ध्यान दिएको छ । कार्तिक ४ गते सूचना प्रकाशित भएसँगै शुक्रवार लिखित परीक्षा सम्पन्न भएको थियो भने शनिवार र आइतवार विभिन्न वर्गका 'जस्तै, मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, टेम्पो, अटो रिक्सा, ई–रिक्सा' सवारी साधनको प्रयोगात्मक परीक्षा 'ट्रायल' संचालन गरियो । सोमवार भने मिनी बस, मिनी ट्रक, बस लहरी र ट्याक्टरका लागि ट्रायल सञ्चालन गरियो ।
अख्तियारको टोलीले आफ्नो उपस्थितिबाट परीक्षा प्रक्रियामा सहभागी जनाएर कार्यक्षेत्रमै हस्तक्षेप गर्दा कर्मचारी हतोत्साहित भएको एक अधिकृतले बताए । कार्यालयमा आएर कागजात चेकजाँच गर्नु र सोधपुछ गर्नु सामान्य भएपनि लगातार तीन दिनसम्म ट्रायल सेन्टरमै बसेर निगरानी गर्दा कार्यसम्पादनमा प्रभाव पर्ने ति अधिकृतको भनाई छ ।
प्रमुख उमाकान्त आचार्यका अनुसार, सेवाग्राहीहरूबाट प्राप्त उजुरी र गुनासाहरूको आधारमा निगरानीलाई निरन्तरता दिइएको हो । सेवाग्राहीहरुले ट्रायल प्रक्रियामा अनियमितता तथा कठिनाइहरूको सामना गर्नु परेको गुनासो गरेपछि अख्तियारले चासो देखाएको र अनुगमनलाई तीव्र बनाएको उनको भनाई छ ।
टोली प्रमुख गिरीले कार्यालयको निर्देशनमा निगरानीको जिम्मेवारी सम्हालेको उल्लेख गरे । थप जानकारीका लागि उनले कार्यालयका प्रवक्ता गोविन्द प्रसाद गौतमसँग सम्पर्क गर्न सल्लाह दिए तापनि, गौतम फोन सम्पर्कमा आउन चाहेनन् । तीन दिनदेखि लगातार रुपमा प्रवक्तालाई सम्पर्क गर्ने प्रयास गर्दा पनि उनले फोन उठाएनन् ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपनिगमले बढायो पेट्रोल र हवाई इन्धनको मूल्य
मंसिर १५, २०८१ शनिबार
फोरजीमा गुणस्तरहीन सेवा दिएपछि दूरसञ्चार प्राधिकरणले एनसेललाई तिरायो ५० हजार जरिवाना
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार