बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार १२:४५:३३
१९ कात्तिक , काठमाडौं । बलिउडका दुई चर्चित फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा प्रवेश गरेका छन् । दुवै फिल्म रिलिजको तेस्रो दिनमा सय करोड क्लबमा प्रवेश गरेका हुन् ।
शुक्रबारदेखि विश्वभर रिलिज भएका दुवै फिल्मले भारतीय बक्स अफिसमा पहिलो दिन शानदार कमाई गरेका थिए ।
तीन दिनमा अजय देवगनको फिल्म सिंघम अगेनले १२१ करोड कमाई गरेको छ । यस फिल्मले पहिलो दिन ४३.५ करोड कमाएको थियो भने दोस्रो दिन ४२.५ र तेस्रो दिन आइतबार ३५ करोड कमाएको छ । ३५० करोडको लागतमा बनेको यो फिल्मलाई नाफा कमाउन मुश्किल हुने विश्लेषण गरिएको छ । फिल्मको पहिलो दिनको तुलानामा कमाई घट्दै गएकाले यस्तो विश्लेषण गरिएको बताइएको छ ।
त्यस्तै कार्तिक आर्यन स्टारर फिल्म भूल भुलैया ३ ले तीन दिनमा १०६ करोड कमाई गरेको छ । यस फिल्मले पहिलो दिन ३५.५ करोड कमाई गरेको थियो भने दोस्रो दिन ३७ करोड र तेस्रो दिन ३३.५ करोड कमाई गरेको छ । १५० करोडको लगानीमा बनेको यो फिल्म कार्तिक आर्यनको अहिलेसम्मकै ब्लकबस्टर बन्ने देखिएको छ ।
सिंघम अगेन निर्देशक रोहित शेट्टीको सफल फ्रेन्चाइज हो भने भुल भुलैया ३ अनिस बज्मीले निर्देशन गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिकिन्दर नसकिँदै रश्मिका र सलमान खान अर्को फिल्ममा पनि सँगै देखिने
माघ १८, २०८१ शुक्रबार
अनुष्का-विराटको अंगरक्षकको तलब सीईओको भन्दा बढी
माघ १८, २०८१ शुक्रबार
महाकुम्भकी भाइरल मोनालिसा बलिउड डेब्यु गर्दै
माघ १७, २०८१ बिहिबार
राती एक्कासी कसरी आयो इन्टरनेटमा समस्या ?
माघ २०, २०८१ सोमबार
फुटबल क्लब र गोल्डकप विजेता क्लबलाई ललितपुर महानगरको आर्थिक सहयोग
माघ २०, २०८१ आइतबार
टिपरको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते
माघ २०, २०८१ आइतबार
इरानले गर्यो नयाँ ब्यालेस्टिक क्षेप्यास्त्र प्रदर्शन, पश्चिमा देशहरू चिन्तित
माघ २०, २०८१ आइतबार
कञ्चनपुरमा बाघ जलेको अवस्थामा मृत फेला
माघ २०, २०८१ आइतबार
बौधीमाईका मेयरले गरे प्रभु साहमाथि अवहेलना मुद्दा दर्ता
माघ २०, २०८१ आइतबार