छठ पूजाका लागि सिङ्गारिँदै धनगढीको मोहना घाट
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार २१:३७:१
२० कात्तिक, कैलाली । विगत लामो समयदेखि धनगढीको मोहना घाटमा छठ पूजा कार्यक्रम गर्दै आएको छठ पूजा सेवा समिति, धनगढी यसवर्ष पनि पूजाका लागि तयारीमा जुटेको छ । छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाटमा झन्डै एक महिनादेखि सरसफाइ तथा सिङ्गार्ने कार्य भइरहेको समितिका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । सूर्य भगवान्को पूजाआराधना गरी मनाइने यस पर्वका लागि घाटमा पूजाकक्ष निर्माणदेखि सजावटका कामहरू भइरहेको उनले बताए ।
घाटमा दुई सय ५० जति पूजास्टल निर्माण गरिएका छन् । ती पूजास्टलमा टेन्ट, बत्ती, रङ्गीचङ्गी माला, पताका लगायतले सजाउने काम भइरहेको छ । यस्तै, भक्तजन तथा दर्शनार्थीहरूलाई पूजास्थल प्रवेशका लागि आकर्षक प्रवेशद्वार निर्माण गरिएको छ । नेपालको पूर्वी भेगबाट ल्याइएका कालिगडले सूर्यको प्रतिमालगायत विभिन्न देवीदेवताका मूर्ति निर्माण गरी पेन्टिङ तथा सजाउने काम गरिरहेका छन् ।
पर्वका अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम, भजनकीर्तन, विभिन्न सांस्कृतिक झाँकीको प्रस्तुत गरिने अध्यक्ष मण्डलको भनाइ छ । भजनकीर्तन, गायन तथा विभिन्न कार्यक्रमका लागि छिमेकी मुलुक भारतबाट समेत कलाकार निम्त्याइएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
केदार भट्टराई (काका)
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
डीआईजी सरुवाको तयारी: कांग्रेस एमाले गठबन्धनमा रवि लामिछानेका विश्वास पात्रको तीव्र चलखेल
मंसिर १८, २०८१ मंगलबार
उपनिर्वाचन: कीर्तिपुरले बचायो कांग्रेस, जोगिए महामन्त्री
मंसिर १८, २०८१ मंगलबार
विवादित एसपीको दौडधुपले एसएसपीको बढुवा धकेलिदै
मंसिर १८, २०८१ मंगलबार
अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण गर्न आग्रह
मंसिर १८, २०८१ मंगलबार
टिकटकले हटायो छ हजार ७८ भिडियो
मंसिर १८, २०८१ मंगलबार
दक्षिण कोरियामा सैन्य शासन घोषणा
मंसिर १८, २०८१ मंगलबार
कीर्ते कागजात पेश गरी लाखौँ रुपैयाँ हिनामिना गर्ने हेडमास्टर पक्राउ
मंसिर १८, २०८१ मंगलबार
अछामबाट भरुवा बन्दुकसहित एक जना पक्राउ
मंसिर १८, २०८१ मंगलबार
मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न गठबन्धन सरकार: नेता डा कोइराला
मंसिर १८, २०८१ मंगलबार