भक्तपुरको कमल पोखरीदेखि गोदावरी खोलासम्म छठका लागि झकिझकाउ, तयारी पूरा
नेपालबहस संवाददाता
कात्तिक २१, २०८१ बुधबार २१:५५:३७
२१ कात्तिक, भक्तपुर । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा भक्तपुरमा मनाइने छठ पर्वको तयारी पूरा भएको छ । छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिँगारिएका हुन् । तराई मधेसबाट आएर भक्तपुरमा विभिन्न पेसा, व्यवसाय गर्दै स्थायी तथा अस्थायी रूपमा भक्तपुरमा बस्दै आएकाले भक्तपुरको कमल पोखरी, मनोहरा र गोदावरी खोलामा छठ मनाउने तयारी पूरा गरेको हो ।
भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कमलपोखरीमा एक सय ५० भन्दाबढी परिवारले छठ पर्व मनाउने गरी पोखरी सिँगारेको, मूर्ति ल्याएर राखिएको र पूजाको तयारी पूरा गरेको छठ पर्व तयारी समिति भक्तपुरका व्यवस्थापक लक्ष्मण रौनियारले जानकारी दिए । छठ पर्वका लागि यहाँका स्थानीय बासिन्दाले सघाएको उनले बताए ।
भक्तपुर र ललितपुरको सिमानामा रहेको गोदावरी खोलामा पनि छठ पर्वको तयारी पूरा भएको बालकोट बस्दै आएका दशरथ ठाकुरले जानकारी दिए । उनले गोदावरी खोला सिँगारिएर झकिझकाउ बनाएको र यहाँ दुई सयभन्दा बढी परिवारले छठ मनाउने तयारी पुरा गरेको उनले जानकारी दिए।
रौनियारले भने, “तराई मधेसबाट बसाइँ सरेर आएका, विभिन्न पेसा, व्यवसायले भक्तपुरमै बस्दै आएका जडीबुटीदेखि भक्तपुरसम्मका एक सय ५० भन्दा बढी परिवारका लागि छठ मनाउने गरी तयारी पूरा गरेका छौँ । छठ पर्वका लागि यहाँको पोखरी सिँगारेका छौँ, मूर्ति ल्याएर स्थापना गरेका छौँ । पोखरी झकिझकाउ भएका छन् ।”
सूर्यलाई अघ्र्य दिन भक्तपुरको कमलविनायकस्थित कमलपोखरी किनारा सिँगारिए पर्वको तयारी गरिएको छ । तराईका बासिन्दाले यो पर्व मनाउने भए पनि पहाड एवं भक्तपुरका बासिन्दाले छठ पर्वलाई सहयोग गर्दै आएका छन् ।
आराध्यदेव सूर्य र ब्रह्माजीका मानसपुत्री छठी (षष्ठी) को उपासना गरी बिहीबार जलाशय, नदी किनारमा व्रत बसी धुमधामले छठ पर्व मनाइँदैछ । छठको मुख्य दिन भोली कार्तिक शुक्ल षष्ठीका अवसरमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर रातभर जाग्राम बसी शुक्रबार सप्तमीको दिन बिहानको उदाउँदो सूर्यको उपासना गरी अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहोमस्टे प्रवर्द्धनमा इच्छाकामना
माघ २२, २०८१ मंगलबार
देवचुलीमा ट्रमा सेन्टर बनाउन छ सय ४६ रुख कटानी गरिने
माघ २२, २०८१ मंगलबार
महोत्तरीमा अज्ञात रोगले भैँसी धमाधम मर्न थालेपछि किसान चिन्तित
माघ २२, २०८१ मंगलबार
दूधकोशी–चुहार–फलामढुङ्गा–घोडेटार सडक कालोपत्र
माघ २२, २०८१ मंगलबार
सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी
माघ २२, २०८१ मंगलबार
कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
माघ २२, २०८१ मंगलबार
होमस्टे प्रवर्द्धनमा इच्छाकामना
माघ २२, २०८१ मंगलबार
डोटीमा व्यावसायिक गोब्रे च्याउ उत्पादन सुरु
माघ २२, २०८१ मंगलबार
क्यानडा र मेक्सिकोलाई ट्यारिफ लगाउने ट्रम्पको निर्णय तत्काललाई स्थगित
माघ २२, २०८१ मंगलबार